ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुपथ मूल्य पसल सुरु, पचास हजार क्विन्टल खाद्यवस्तु बिक्री गर्ने लक्ष्य


एबीसी न्यूज
४ आश्विन २०८१, शुक्रबार   १२ : ५०   बजे

काठमाडौं ४ असोज । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बिहीबारदेखि चाडपर्वलाई लक्षित गरेर सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । कम्पनीले अति आवश्यकीय खाद्यवस्तुमा उपभोक्तालाई राहत दिने उद्देश्यसहित विशेष छुट गरेर सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो । कम्पनीले बिहीबारबाट सञ्चालनमा ल्याएको सुपथ मूल्य पसल उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदार भण्डारीले उद्घाटन गर्नुभयो । विगतका वर्षभन्दा सात दिनअगाडि सञ्चालनमा ल्याएको सुपथ मूल्य पसलबाट खाद्य कम्पनीले ५० हजार क्विन्टल खाद्यवस्तु बिक्री गर्ने लक्ष्य राखेको छ ।

कम्पनीले दाल, चामल, गेडागुडी कर्णालीका रैथाने उत्पादन, तेल, घिउसहित ५० हजार क्विन्टल खाद्यवस्तु बिक्री गरेको जनाएको छ । कम्पनीका अनुसार विभिन्न प्रकारका चामल र दालमा प्रतिकेजी पाँच रुपियाँ छुटको व्यवस्था गरेको छ । यस्तै विभिन्न प्रकारका तेल, गेडागुडी, पिठो, मैदा, चिउरा, चिनी, क्वाँटीमा प्रतिकेजी सात रुपियाँ तथा कर्णालीका विभिन्न गेडागुडी, फापर दाना, चिनो, कागुनोलगायतमा पनि प्रतिकेजी सात रुपियाँ छुटको व्यवस्था गरेको छ ।

काठमाडौँ उपत्यकाका चार स्थान ९थापाथली, रामशाहपथ, नक्खु र सूर्यविनायक० सहित ४२ जिल्लाका ६३ स्थानमा कम्पनीका बिक्री कक्ष राखिएका छन् । सहुलियत मूल्य पसल माघ २ सम्म सञ्चालन हुने छन् । यसका लागि सरकारले तीन करोड बजेट विनियोजन गरेको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश आचार्यले नेपालीका प्रमुख चाड दसैँतिहार, छठसम्म दैनिक उपभोग्य वस्तुको माग अत्यधिक हुने गरेको तर बजार मूल्य अस्वाभाविक रूपमा बढ्न सक्ने अवस्था रहेकाले सुपथ मूल्य पसल सञ्चालन गरेको जानकारी दिनुभयो । उहाँका अनुसार कम्पनीले बिक्री केन्द्रसम्म पहुँच नभएका उपभोक्ताका लागि अनलाइन अर्डरमार्फत होम डेलिभरीको व्यवस्था पनि गरेको छ ।

प्रतिकेजी दस रुपियाँ छुट

यसैबिच दसैँमा सरकारले १० रुपियाँ छुटसहित एक हजार आठ सय खसीबोका र च्याङ्ग्रा बिक्रीवितरण गर्ने तयारी गरेको छ । कम्पनीले दसैँका लागि जिउँदो खसीबोका र च्याङ्ग्रामा प्रतिकिलो १० रुपियाँ छुट दिने निर्णय गरेको हो । मकवानपुर, तुलसीपुर, मुस्ताङलगायत उपत्यका आसपासका क्षेत्रबाट ल्याइएका यी खसीबोका र च्याङ्ग्रा प्रादेशिक कार्यालय थापाथली, काठमाडौँ परिसरबाट खरिद गर्न सकिने कम्पनीको भनाइ छ ।

सुपथ मूल्य पसल विस्तार गर्न निर्देशन

सुपथ मूल्य पसल उद्घाटन गर्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदार भण्डारीले कम्पनीबाट सञ्चालन हुने सुपथ मूल्य पसल देशका ७७ जिल्ला र ७५३ पालिकासम्म विस्तार गर्नुपर्ने बताउनुभएको छ । कम्पनीसँग भएको स्रोतसाधन र जनशक्तिलाई परिचालन गरेर सुपथ मूल्य पसल पालिकास्तरसम्म विस्तार गर्न सकियो भने कम्पनीको आफ्नै व्यापार विस्तार हुने उहाँले बताउनुभयो । मन्त्री भण्डारीले कम्पनीले यो वर्ष सम्भव नभए पनि आगामी वर्षदेखि खाद्य कम्पनीले आफ्नो उपस्थिति पालिकासम्म पुग्ने गरी योजना बनाउनु पर्छ भन्नुभयो ।

कम्पनीका अध्यक्ष एवं उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले खाद्य कम्पनीले सुरु गरेको सुपथ मूल्य पसलबाट सबैले राहत पाउनुपर्ने बताउनुभयो । कम्पनीले सीमित ठाउँमा सञ्चालन गरेको सुपथ मूल्य पसलमा सबैको पहुँच नहुने भएकाले अनलाइन अर्डर र होम डेलिभरीलाई व्यवस्थित गरेर सबैलाई सर्वसुलभ रूपमा खाद्यवस्तु उपलब्ध गराउने व्यवस्था गरिने बताउनुभयो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत आचार्यले कम्पनीको सीमित भौतिक पूर्वाधार, जनशक्ति, आर्थिक स्रोतसाधनको सीमितताका कारण सबै जिल्ला तथा पालिकामा चाडपर्वलक्षित सुपथ पसल सञ्चालनमा सरकारको उपस्थिति देखाउनु तत्कालका लागि चुनौतीपूर्ण रहेको बताउनुभयो । उपभोक्ता अधिकारकर्मी ज्योति बानियाँ र माधव तिम्लिसेनाले कम्पनीले सञ्चालन गरेको सहुलियत मूल्य पसलमा सबैको पहुँच हुनुपर्ने बताउनुभयो ।

यसैबिच मन्त्री भण्डारीले पौष्टिक तìव स्तरोन्नति गरिएको चामल ९फोल्टिफाइड राइस० मिलको उद्घाटन गर्नुभयो । उक्त चामल खाद्य कम्पनीले थापाथलीबाट तयारी गरेर बिहीबारबाट बिक्री गर्न थालेको छ ।

कम्पनीका अनुसार उक्त चामल उपभोग गर्दा पौष्टिक तत्वको कमी हुनबाट बचाई बालबालिका तथा वयस्कलाई समेत शारीरिक तथा मानसिक वृद्धि विकासमा सहयोग पुग्ने दाबी गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

सम्बन्धित

रोमाञ्चक बराबरीसँगै जापान र स्विडेन नकआउटमा, अब ब्राजिलसँग जापानको महाभिडन्त

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

रास्वपा महाधिवेशन: सर्वसम्मति नजुटे ६ पदमा चुनावी प्रतिस्पर्धा, उम्मेदवारहरूको लामै सूची

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : १८८ जनाको मृत्यु, १,५०० भन्दा बढी घाइते, हजारौँ अझै भग्नावशेषमुनि फसेको आशंका

विश्वकप २०२६: निकोलस पेपेको दुई गोलसँगै कोट डी आइभोर पहिलोपटक नकआउट चरणमा

इक्वेडरको ऐतिहासिक जित : जर्मनीलाई २–१ ले हराउँदै २० वर्षपछि विश्वकपको नकआउट चरणमा प्रवेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group