ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एआईजी ज्ञवालीले सर्वोच्चमा दायर गरेको रिट फिर्ताका लागि निवेदन


एबीसी न्यूज
६ आश्विन २०८१, आइतबार   ३ : ४८   बजे

काठमाडौं ६ असोज । नेपाल प्रहरीका निवर्तमान अतिरिक्त महानिरीक्षक एआईजी श्यामलाल ज्ञवालीले सर्वोच्च अदालतमा रिट फिर्ता गर्न निवेदन दिएका छन्।

पदमा बहाल रहँदा उनीसहित प्रहरीका ५ अधिकारीले उमेर हदका कारण हुने अवकाश रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए।

तर सर्वोच्च अदालतले उनीहरूको मागअनुसार अन्तरिम आदेश नदिएपछि रिट फिर्ताका लागि निवेदन दिइएको हो।

ज्ञवालीले रिट फिर्ताका लागि दिएको निवेदन यसअघिको रिटसँगै राखेर पेसी तोकिएको सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलले जानकारी दिए।

आइतबार न्यायाधीश नहकुल सुवेदी र सुनीलकुमार पोखरेलको इजलासमा यो रिट सुनुवाइ भइरहेको छ।

एआईजी ज्ञवाली भने उमेर हदकै कारण भदौ २६ गते अनिवार्य अवकाश भइसकेका छन्। आफ्नो अवकाश नै भइसकेकाले र अन्तरिम आदेश पनि नआएकाले ज्ञवालीले रिट फिर्ता लिन निवेदन दिएका हुन्।

उनको निवेदनसँगै यसअघि रिट पनि खारेज हुने सम्भावना छ।उनीबाहेकका अधिकारी भने अहिले पनि नेपाल प्रहरीमै कार्यरत छन्।

डीआईजी राजेशनाथ बास्तोला, यज्ञविनोद पोखरेल, केदार ढकाल र प्रहरी निरीक्षक नागेन्द्र ठाकुरले उमेर हदका कारण हुने अवकाश रोक्न माग गर्दै रिट दायर गरेका थिए।

तर उनीहरूको रिटमा सुनुवाइ गर्दै न्यायाधीश सार‌ंगा सुवेदीको इजलासले कारण देखाऊ आदेश जारी गरेको थियो। तर अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

सम्बन्धित

रोमाञ्चक बराबरीसँगै जापान र स्विडेन नकआउटमा, अब ब्राजिलसँग जापानको महाभिडन्त

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

रास्वपा महाधिवेशन: सर्वसम्मति नजुटे ६ पदमा चुनावी प्रतिस्पर्धा, उम्मेदवारहरूको लामै सूची

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : १८८ जनाको मृत्यु, १,५०० भन्दा बढी घाइते, हजारौँ अझै भग्नावशेषमुनि फसेको आशंका

विश्वकप २०२६: निकोलस पेपेको दुई गोलसँगै कोट डी आइभोर पहिलोपटक नकआउट चरणमा

इक्वेडरको ऐतिहासिक जित : जर्मनीलाई २–१ ले हराउँदै २० वर्षपछि विश्वकपको नकआउट चरणमा प्रवेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group