ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारलाई रास्वपा कार्यकर्ताको चेतावनी– हामी हातमा दही जमाएर बस्दैनौँ


एबीसी न्यूज
७ आश्विन २०८१, सोमबार   १ : ०२   बजे

काठमाडौं ७ असोज । राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रवि लामिछानेको समर्थनमा पोखरामा प्रदर्शन गरेको छ । सोमबार सहकारी पीडितको न्यायलाई अघि सारेर उनीहरुले रविको बचाउमा प्रदर्शन गरेका हुन् ।

जिल्ला प्रशासन कार्यालय अगाडी रास्वपाका नेता कार्यकर्ताहरू भेला भएर सहकारी पीडितलाई न्याय दिन सरकारसँग माग गरेका छन् । रास्वपा सभापति रवि लामिछानेलाई पक्राउ गर्ने हल्ला सुनेर रास्वपा नेता कार्यकर्ताहरू पोखरा भेला भएका छन् ।

उनीहरुले ‘सहकारी पीडितलाई न्याय दे’, ‘फासिस्ट सरकार मुर्दावाद’, ‘राजनीतिक प्रतिशोध बन्द गर’ जस्ता नारा लगाएका छन् । कार्यक्रमका वक्ताहरूले रविलाई सरकारले फसाउने षड्यन्त्र गरेको भन्दै त्यसको प्रतिवाद गर्ने उद्घोष गरेका छन् ।

‘सहकारी पीडितले न्याय नपाउँदासम्म अभियान चलाउने छौँ । आज पोखराबाट सुरु गरेका छौँ, भोलि जिल्ला जिल्लाबाट निलो क्रान्ति उर्लिने छ,’ रास्वपा नेतृ दुर्गा रञ्जितले भनिन्, ‘रवि लामिछानेलाई फसाउन खोजिएको छ । तर हामी त्यसको प्रतिवाद गर्नेछौँ । जनताको सेवामा लागि पर्नेछौँ ।’

रास्वपा कास्कीका सह संयोजक राजु राईले रविलाई फसाउन खोजे कडा प्रतिवाद गर्ने चेतावनी दिएका छन् । ‘सरकारले के खोजिरहेको छ रु नयाँ शक्तिलाई लाञ्छना लगाएर आफ्नो कर्तुत लुकाउन र रजगज कायम गर्न लागेको छ,’ उनले भने, ‘यदि हाम्रा सभापति विरुद्ध सरकार नियतवश आएको हो भने हामी पनि हातमा दही जमाएर बस्दैनौँ ।’

उनीहरुले कांग्रेस उपसभापति धनराज गुरुङलाई कारबाहीको माग गरेका छन् । रास्वपा पोखरा १८ का सभापति गोविन्द गौतमले रविमाथि कारबाही गर्ने अधिकार अहिलेको सरकारसँग नभएको बताएका छन् । ‘रविलाई कारबाही गर्ने अधिकार सरकारलाई छैन । यदि कारबाहीको लागि मुद्दा हाल्ने हो भने जीवी राईले हाल्न पाउँछन्,’ उनले भने, ‘जीवी र रविलाई आमनेसामने सरकारले गराओस् । विषय त्यहीँबाट टुङ्गिन्छ ।’

प्रदेश सभापति राजन गौतमले सरकारले गरेको षड्यन्त्र विरुद्ध प्रदर्शन गरेको बताए । ‘यतिबेला हाम्रो सभापतिलाई षड्यन्त्र हुँदैछ । यसको विरोधमा हामी निरन्तर कार्यक्रम गर्नेछौँ । षड्यन्त्रको विरुद्धमा हाम्रो लडाइँ हो,’ उनले भने, ‘रास्वपा र रविको लोकप्रियता देखेर अत्तालिएकाहरु हामीलाई सिध्याउनका लागि कम्मर कसेर लागेका छन् । होसियार, यहाँ लाखौं रवि लामिछानेको जन्म भैसकेको छ । एक जनालाई सिध्याएर रास्वपाको अभियान सकिँदैन ।’

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

के हामीले ब्रम्हकमल भनेको फूल साँच्चिकै ब्रम्हकमल हो त ?

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

सम्बन्धित

के हामीले ब्रम्हकमल भनेको फूल साँच्चिकै ब्रम्हकमल हो त ?

विश्वकप २०२६ : फ्रान्सको प्रभावशाली जित, स्पेन समूह विजेता, बेल्जियम शीर्ष स्थानमा, इजिप्ट अन्तिम ३२ मा

अन्तिम क्षणमा भिडियो सहायक रेफ्रीले तोड्यो इरानको सपना, इजिप्ट बराबरीसँगै अन्तिम ३२ मा, बेल्जियम समूह विजेता

ठगी अभियोगमा एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ

डेम्बेलेको ३२ मिनेटमै ह्याट्रिक, नर्वेमाथि फ्रान्सको ४–१ को शानदार जित; विश्वकप उपाधिको प्रमुख दाबेदारको रूपमा बलियो सन्देश

सेनेगलको शानदार पुनरागमन : इराकलाई ५–० ले हराउँदै नकआउट सम्भावना जीवित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu