ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एक-दुई दिनभित्रै बाँसबारी-बूढानीलकण्ठ सडकमा कालोपत्र गरिसक्ने प्रतिबद्धता


एबीसी न्यूज
८ आश्विन २०८१, मंगलबार   २ : १९   बजे

काठमाडौं ८ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले खानेपानी तथा विद्युत् विस्तारका कारण भत्काइएको बाँसबारी(बूढानीलकण्ठ सडक मर्मत चाँडो सक्न अधिकारीहरूलाई निर्देशन दिएका छन्।

बुधबार सडक निरीक्षणका लागि पुगेका सो क्षेत्रका सांसदसमेत रहेका मन्त्री पौडेलले सडक मर्मतको काममा ढिलाइ नगर्न भनेका हुन्।

मन्त्रीसामु सम्बद्ध अधिकारीहरूले एकरदुई दिनभित्रै कालोपत्रे सक्ने प्रतिबद्धता जनाएका छन्।

सडकअन्तर्गत चक्रपथ नारायणगोपाल चोकदेखि सहिद गंगालालसम्मको खण्ड भने नेपाल विद्युत् प्राधिकरणले कालोपत्रे गर्ने भएको छ।

प्राधिकरणको भागमा परेको सो खण्डको कालोपत्रेसमेत चाँडै अघि बढाउने प्रतिबद्धता प्राधिकरण अधिकारीहरूले जनाएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ।

एक वर्षअघि नै काम थालिए पनि तीन निकायबीच समन्वय नहुँदा सडक मर्मत हुन सकेको थिए। जसका कारण नागरिकलाई परिरहेको सास्ती कम गर्न मन्त्री पौडेलले पटकपटक पहल थालेका थिए।

सडक डिभिजन, मेलम्ची खानेपानी आयोजना तथा नेपाल विद्युत् प्राधिकरणका अधिकारीहरूसँग स्थलगत निरीक्षण गरेर मन्त्री पौडेलले काममा ढिलाइ नगर्न आग्रह गरेका थिए।

त्यसलगत्तै सडकको सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रअघिको तीन सय मिटर खण्डमा कालोपत्रेको तयारी थालिएको थियो।

सडकमा माटो बिच्छ्याए पनि कालोपत्रे अघि नबढेको गुनासो आएपछि मन्त्री पौडेलले सम्बद्ध अधिकारीहरूको ध्यानाकर्षण गराएका थिए।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

लघुवित्त पीडितलाई भेट्न माइतीघर पुगिन् पूर्वराष्ट्रपति भण्डारी

कांग्रेसभित्रको विवादबीच देउवाको सक्रियता, एकता कायम गर्न संवाद र सहकार्य 

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu