ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सूचनाको हक पूर्ण कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री आचार्य


एबीसी न्यूज
११ आश्विन २०८१, शुक्रबार   १२ : ५९   बजे

काठमाडौं ११ असोज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सूचनाको हक पूर्ण कार्यान्वयन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । सूचनाको हक राष्ट्रिय महासंघको आयोजनामा दाङको लमहीमा सुरु भएको सूचनाको हक प्रशिक्षण शिविर उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले सूचनाको हक कार्यान्वयन गर्न प्रदेश सरकार खुला किताब भएको, सरकारले गर्न हरेक कामहरु पारदर्शी हुने स्पष्ट पार्नुभएको हो ।

उहाँले भन्नुभयो, ूसरकार खुला किताब बनेर अघि बढ्छ । ढुक्क हुनुस, सरकारले गर्ने हरेक काम पारदर्शी हुन्छ ।ू समाज रुपान्तरण गर्न, बेथिति सुधार गर्न, सुशासन कायम गर्न सूचनाको हक कार्यान्वयन जरुरी रहेको उहाँ भनाइ छ । प्रदेश सरकारले कर्मचारी तहमा १४ बुँदे निर्देशन जारी गरेर सूचना अधिकारी अनिवार्य तोक्ने, तस्बिर सहित फोन नम्बर राख्न, वेवसाइडमा पनि सुचना राख्न भनिसकेको मुख्यमन्त्री आचार्यले जानकारी दिनुभयो ।

यस्तै मुख्यमन्त्री आचार्यले प्रदेश मातहतका कार्यालयले सूचना दिन आनकानी गरे सिधै मुख्यमन्त्री कार्यालयमा सम्पर्क गर्न आग्रह गर्नुभयो । सूचना प्राप्त गर्न सक्नुभएन भने सिधै मुख्यमन्त्री कार्यालयका सूचना अधिकारीसँग सम्पर्क गर्ने जनाउँदै उहाँले भन्नुभयो, ूसूचनामा सबैको समान पहुँच पुर्‍याउन हामी जिम्मेवार छौं ।ू

सूचनाको हकको प्रभावकारी प्रयोगले पारदर्शिता, जवाफदेहिता, नागरिक सहभागिता र भ्रष्टाचार नियन्त्रण गर्न राज्यका विभिन्न संरचनामा सुधार ल्याउन महत्त्वपूर्ण योगदान पुर्‍याउने उहाँको भनाइ छ । सरकार नागरिकप्रति उत्तरदायि रहेको भन्दै उहाँले संवैधानिक र कानुनी रूपमा प्राप्त नागरिकको यो अधिकारलाई जति धेरै प्रयोगमा ल्याउन सकिने बताउनुभयो ।

लुम्बिनी प्रदेश सरकार सूचनाको हक कार्यान्वयन गर्न प्रतिबद्ध रहेको जानकारी दिदै उहाँले सुशासन कायम गर्दै भ्रष्टाचार नियन्त्रणका लागी पाँच वर्षे रणनीतिक योजनामा पनि सूचनाको हक कार्यान्वयनलाई प्राथमिकितामा राखेको बताउनुभयो ।

सूचनाको हक राष्ट्रिय महासंघका राष्ट्रिय अध्यक्ष उमिद बाग्चनले सूचनाको हक कार्यान्वयनले राज्यसँग नागरिकलाई नजिक बनाउने भएकाले यसको पूर्ण कार्यान्वयनमा जोड दिनुभयो । उहाँले सुशासन कायम गर्दै भष्ट्राचार निवारण गर्न सूचनाको हक प्रयोगले टेवा पुर्‍याउने बताउनुभयो । सरकारले हरेक तीन(तीन महिनामा स्वत प्रकाशन गर्ने सूचना प्रकाशनमा जोड दिनुभयो ।

लुम्बिनी प्रदेशका संस्थापक प्रदेश सभा सदस्य रेवतीरमण शर्माले सूचनाको हकको पूर्ण कार्यान्वयनले सबै पक्षलाई जिम्मेवार बनाउने बताउनुभयो । लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले सही र सत्य सूचना संप्रेषणमा ध्यान दिनुपर्ने बताउनुभयो ।

नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष चुमा आचार्यले सूचना नदिने प्रवृत्ति बढिरहेको भन्दै ध्यानाकर्षण गराउनुभयो । सूचनाको हक राष्ट्रिय महासंघका केन्द्रीय उपाध्यक्ष ब्रिजराज कुश्वाहले सुचनाको हक कार्यान्वन गर्न तीन तहका सरकार जिम्मेवार हुनुपर्ने बताउनुभयो । सूचनाको हक राष्ट्रिय महासंघ लुम्बिनीका संयोजक हेमन्त कर्मचार्यको स्वागत मन्तव्यबाट सुरु भएको शिविरको सहजिकरण वरिष्ठ उपाध्यक्ष ताराबहादुर भण्डारीले गर्नुभएको थियो ।

शिविरमा लुम्बिनी प्रदेशका सबै जिल्लाका सूचनाको हक अभियन्ताहरुको सहभागीता छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group