ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक


एबीसी न्यूज
११ आश्विन २०८१, शुक्रबार   १ : ४६   बजे

काठमाडौं ११ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले आइतबार केन्द्रीय समितिको बैठक बोलाएको छ । समसामयिक राजनीतिक र विविध विषयमा छलफलका लागि रास्वपाले केन्द्रीय समितिको बैठक बोलाएको हो ।

 

रास्वपाका कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार समसामयिक राजनीतिक विषय र उपसभापति एवं प्रतिनिधिसभा सदस्य स्वर्णीम वाग्लेको चीन भ्रमणको रिपोर्टिङका लागि बैठक बोलाइएको हो ।

साथै बैठकमा पार्टी गतिविधिको रिपोर्टिङ र प्रथम राष्ट्रिय भेलाको समीक्षासमेत हुने उनले बताए । स्थानीय तह उपनिर्वाचन र महाधिवेशनकेन्द्रित पार्टी गतिविधिबारे पनि केन्द्रीय समिति बैठकमा छलफल हुनेछ ।

रास्वपाले स्थानीय तहको उपनिर्वाचनमा भाग लिने निर्णय गरिसकेको छ । भदौ ६ गते रास्वपाको केन्द्रीय समिति बैठकले पहिलोपटक स्थानीय तहको चुनावमा भाग लिने निर्णय गरेको हो ।

रास्वपाले ०७९ को प्रदेशसभा र स्थानीय तह चुनावमा भाग लिएको थिएन, ०७९ कै प्रतिनिधिसभा निर्वाचनमा मात्र प्रतिस्पर्धा गरेको थियो । रास्वपा अहिले २१ सिटसहित प्रतिनिधिसभाको चौथो ठूलो दल हो र दुईपटक सरकारमा गइसकेको छ ।निर्वाचन आयोगले मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनको निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ । आयोगका अनुसार मंसिर २ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुनेछ । त्यही दिन दिन बेलुका ५ बजेदेखि ६ बजेसम्ममा उम्मेदवारको सूची प्रकाशन हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

सम्बन्धित

रोमाञ्चक बराबरीसँगै जापान र स्विडेन नकआउटमा, अब ब्राजिलसँग जापानको महाभिडन्त

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

रास्वपा महाधिवेशन: सर्वसम्मति नजुटे ६ पदमा चुनावी प्रतिस्पर्धा, उम्मेदवारहरूको लामै सूची

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : १८८ जनाको मृत्यु, १,५०० भन्दा बढी घाइते, हजारौँ अझै भग्नावशेषमुनि फसेको आशंका

विश्वकप २०२६: निकोलस पेपेको दुई गोलसँगै कोट डी आइभोर पहिलोपटक नकआउट चरणमा

इक्वेडरको ऐतिहासिक जित : जर्मनीलाई २–१ ले हराउँदै २० वर्षपछि विश्वकपको नकआउट चरणमा प्रवेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group