ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाढी पहिरोबाट बागमतीमा ७४ जनाको मृत्यु, ६० जना घाइते र ३० जना बेपत्ता


एबीसी न्यूज
१३ आश्विन २०८१, आइतबार   ४ : ४८   बजे

काठमाडौं १३ असोज । बाढी र पहिरोका कारण बागमती प्रदेशका १० जिल्लामा ७४ जनाको मृत्यु भएको छ।

बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाका अनुसार काठमाडौँ उपत्यकाका तीन जिल्ला बाहेकका १० जिल्लामा शुक्रबार र शनिबार गरी ७४ जनाको बाढी पहिरोमा परेर मृत्युभएको हो।

प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतले बाढी पहिरोमा परेर हालसम्म ६० जना घाइते भएको र ३० जना बेपत्ता रहेको आइतबार दिउँसोसम्ममा विभिन्न जिल्लाको तथ्याङ्क प्राप्त भएको जानकारी दिनुभयो।

उहाँले विभिन्न जिल्लामा विद्युत् लाइन विच्छेद भएको र टेलिफोन सम्पर्क हुन नसकेकोले विपत् प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि पुग्न नसकेको बताउँदै बाढी पहिरोबाट भएको धनजनको क्षतिको थप विवरण आउने क्रम जारी रहेको बताउनुभयो।

बाढी पहिरोबाट प्रदेश प्रहरी कार्यालयको कार्यक्षेत्रभित्रका जिल्लामध्ये सबैभन्दा मानवीय क्षति धादिङ र त्यसपछि काभ्रेमा भएको छ।हालसम्म धादिङ जिल्लामा ३४ र काभ्रे जिल्लामा २१ जनाको मृत्युभएको छ। साथै काभ्रेमा सबैभन्दा बढी घाइते ३४ जना र बेपत्ता १९ जना भएका छन्।

हालसम्म मकवानपुरमा सात जना, सिन्धुपाल्चोकमा छ जना, दोलखामा तीन जना, सिन्धुलीमा दुई जना र रामेछापमा एक जनाको बाढी पहिरोमा परेर मृत्युभएको प्रहरीको तथ्याङ्क छ।

नुवाकोट, चितवन र रसुवामा मानवीय क्षति नभएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेनेजुएलामा भूकम्पको विनाश: ९२० को मृत्यु, जीवितै उद्धारका लागि संघर्ष जारी

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

सम्बन्धित

फिफा विश्वकप २०२६ : अर्जेन्टिना अपराजित यात्रा कायम राख्ने लक्ष्यमा, पोर्चुगल–कोलम्बिया भिडन्तमा सबैको नजर

भेनेजुएलामा भूकम्पको विनाश: ९२० को मृत्यु, जीवितै उद्धारका लागि संघर्ष जारी

हर्मुजको जलडमरूमा फेरि तनाव: कार्गो जहाजमाथि हमलापछि अमेरिका र इरान आमनेसामने

मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको प्रतिवेदन

महँगोमा मल खरिदको सम्झौता, कृषि सामग्री कम्पनीभित्रै उठ्यो प्रश्न

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu