ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

झ्याप्लेखोला अपडेटः थप १९ शवको सनाखत (नामावली)


एबीसी न्यूज
१५ आश्विन २०८१, मंगलबार   १ : ५०   बजे

काठमाडौं १५ असोज । पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेँसी नगरपालिका(९, झ्याप्लेखोलामा बससँगै पहिरोमा पुरिएका थप १९ शवको सनाखत भएको छ।

झ्याप्लेखोलाको एउटै पहिरोमा सानाठूला गरी चारवटा बस र ३५ शव फेला परेका थिए।  तीमध्ये थप १९ वटा शवको सनाखत गरिएको धादिङ प्रहरीले जानकारी दिएको हो।

धादिङ प्रहरीका प्रहरी निरीक्षक सिलवालका अनुसार पर्वतको कुश्मा नगरपालिका–२ बस्ने ३१ वर्षकी पुष्पा शर्मा, गोरखाको बारपाक सुलिकोट–७ बस्ने वर्ष २८ को नवराज पन्त, रुकुम पश्चिमको मुसिकोट–१५ बस्ने वर्ष ३९ का तेजबहादुर विष्ट, गोरखाको गण्डकी गाउँपालिका–४ बस्ने वर्ष ४० का नवराज तिवारी, बझाङ जयपृथ्वी(१ बस्ने वर्ष २३ का नवीन सिंह र चितवनको भरतपुर महानगरपालिका–२१ बस्ने वर्ष २१ की अनिता थापा मगरको सनाखत भएको हो।

यस्तै मकवानपुरको मनहरि गाउँपालिका–९ बस्ने वर्ष ३३ की सन्तु विक, काठमाडौँको काठमाडौँ महानगरपालिका–१६ बस्ने वर्ष ४८ का आनन्द राजवंशी, चितवन खैरहनी नगरपालिका–३ बस्ने वर्ष १९ का सिद्धार्थ गुरुङ, तनहुँको भानु नगरपालिका–३ बस्ने वर्ष २६ का जनक कुँवर, चितवन भरतपुर महानगरपालिका–९ बस्ने वर्ष ५३ का मोहन दास आचार्यको सनाखत भएको छ।

प्रहरी निरीक्षक सिलवालका अनुसार सनाखत हुने थप मृतकमा काठमाडौँ चन्द्रागिरि नगरपालिका–१ बस्ने वर्ष ५६ का नरेन्द्र खत्री, गोरखा भीमसेन थापा गाउँपालिका–४ बस्ने वर्ष ४७ का मदन परियार दमाईं, सोही स्थानका वर्ष १५ का विनायक भट्टराई, सोही गाउँपालिकाको धोर्चे–७ बस्ने वर्ष २७ मन सुके दमाईं छन् भने बागलुङ बडिगाँड गाउँपालिका–२ बस्ने वर्ष ५२ का इन्द्रजित राना, सोही स्थानकी ४० वर्षीया भीमकुमारी राना, जुम्ला सिँजा गाउँपालिका–६ बस्ने वर्ष ३९ का हरिबहादुर बुढा र धादिङको ज्वालामुखी गाउँपालिका–२ बस्ने वर्ष २६ की लीलामाया तामाङ छन्।

झ्याप्लेखोला पहिरोबाट निकालिएका जम्मा ३५ शवमध्ये १३ वटाको भने आइतबार नै सनाखत भइसकेको छ।

बाँकी २२ शवमध्ये हालसम्म १९ वटा शवको सनाखत भएको र अझै ३ वटा शवको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ।

झ्याप्लेखोला पहिरोमा गोरखाबाट काठमाडौँ आउँदै गरेको ना ४ ख २२७० नम्बरको बस, चितवनबाट काठमाडौँ आउँदै गरेको बा ३ ज १३४५ नम्बरको माइक्रो बस र बुटवलबाट काठमाडौं आइरहेको लु १ ज ४५७८ नम्बरको माइक्रोबस यात्रुसहित पुरिएको अवस्थामा भेटिएका थिए।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

सम्बन्धित

कोलम्बिया भर्सेस कंगो : पहिलो हाफ गोलरहित बराबरी

विश्वकप २०२६ : बराबरी अंकमा कसरी छुट्टिन्छ टोलीको भाग्य?

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

रास्वपा : न शुद्ध सामाजिक लोकतन्त्र हो, न उदार लोकतन्त्र, न दक्षिणपन्थी पपुलिज्म — ‘असुसंगठित मिश्रण’

रोनाल्डोको दुई गोल, पोर्चुगलको सहज जित, इंग्ल्यान्डलाई घानाको कडा चुनौती

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group