ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्वदेशमै मर्यादित रोजगारीका अवसर सिर्जना गर्छौं : अर्थमन्त्री


एबीसी न्यूज
२२ आश्विन २०८१, मंगलबार   १ : ५३   बजे

काठमाडौं २२ असोज । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार मुलुकभित्रै औद्योगिक वातावरण बनाइ वैदेशिक र निजी लगानी आकर्षित गरी स्वदेशमै मर्यादित रोजगारीका अवसर सिर्जना गर्न क्रियाशिल रहेको बताउनुभएको छ ।

मंगलवार अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघको २६ औं क्षेत्रिय परिषद्को उद्घाटन समारोहमा बोल्दै अर्थमन्त्री पौडेलले यस्तो बताउनुभएको हो । उहाँले वर्तमान सरकार मुलुकभित्रै औद्योगिक वातावरण तयार गरी वैदेशिक र निजी लगानी आकर्षित गर्ने योजनामा रहेको बताउनु भयो । उहाँले औद्योगिक क्षेत्रमा वैदेशिक र निजी लगानी वृद्धि भएमा स्वदेशमा नै मर्यादित रोजगारीका अवसर सिर्जना गर्न सकिने उल्लेख गर्नुभयो ।

यसैगरि उहाँले असल औद्योगिक वातावरण तयार गर्न ट्रेड युनियन कर्मीको भुमिका महत्वपूर्ण रहेको बताउनुहुँदै वर्तमान सरकार श्रमिक र उद्यमी व्यवसायीहरुबीच सुमधुर सम्बन्ध कायम गर्दै व्यवस्थापनमा श्रमिकको सहभागितालाई प्रोसाहन गर्ने नीति लिएको बताउनुभयो ।

उहाँले श्रम सम्बन्ध सुधारको लागि श्रमसम्बन्ध समितिको व्यवस्था गरी औद्योगिक वातावरण निर्माणमा सरकार केन्द्रित रहेको उल्लेख गर्नुभयो । नेपालको सन्दर्भमा श्रमिकलाई सबैभन्दा बढी आवश्यकता, प्रभावकारी सामाजिक सुरक्षाको व्यवस्था रहेको बताउनुभयो । ूसामाजिक सुरक्षालाई मात्रै प्रभावकारी रुपमा श्रमिकको सम्मानपूर्ण जीवन बाच्न र सुरक्षित भविष्य सुनिश्चित गर्न सकिन्छ । सरकारले योगदानमा आधारित सामाजिक सुरक्षाको अवधारणालाई कार्यान्वयनमा ल्याएको भन्दै यो श्रमिक हितको लागि कोशेढुङ्गा बन्न पुगेको छ र सामाजिक सुरक्षाको पहुँचलाई बिस्तार गर्दै थप प्रभावकारी बनाउनु आजको आवश्यकता पनि हो,ू उहाँले भन्नुभयो । उहाँले समाजिक सुरक्षालाई प्रभावकारी कार्यान्वयनमा ट्रेड युनियनले प्रभावकारी भुमिका खेल्न आवश्यक रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ूवर्तमान सरकार श्रमिक र उद्यमी व्यवसायीहरुबीच सुुमधुर सम्बन्ध कायम गर्दै व्यवस्थापनमा श्रमिकको सहभागितालाई प्रोसाहन गर्ने नीति लिएको छ । श्रम सम्बन्ध सुधारको लागि श्रमसम्बन्ध समितिको व्यवस्था गरी औद्योगिक वातावरण निर्माणमा सरकार केन्द्रित छ । नेपालको सन्दर्भमा श्रमिकलाई सबैभन्दा बढी आवश्यकता,प्रभावकारी सामाजिक सुरक्षा छ ।

प्रभावकारी सामाजिक सुरक्षालाई मात्रै श्रमिकको सम्मानपूर्ण जीवन सुरक्षित भविष्य सुनिश्चित गर्न सकिन्छ । सरकारले योगदानमा आधारित सामाजिक सुरक्षाको अवधारणालाई कार्यान्वयनमा ल्याएको थियो । यो श्रमिकको हितको लागि कोशेढुङ्गा बन्न पुगेको छ । सामाजिक सुरक्षाको पहुँचलाई विस्तार गर्दै थप प्रभावकारी बनाउनु आजको आवश्यकता हो । यसको प्रभावकारी कार्यान्वयनमा ट्रेड युनियनले प्रभावकारी भुमिका खेल्न आवश्यक छ ।

ूश्रमिकहरुले आफ्नो जीवनलाई सम्मानित बनाउन सम्मानजनक पारिश्रमिक पनि हुनुपर्छ भन्ने वर्तमान सरकारको मान्यता हो । हामीले समय सापेक्ष न्यूनतम पारिश्रमिकमा परिमार्जन गर्दै समयानकुल परिमार्जन गरी कार्यान्वयन गर्दै आएका छौं । सरकार मुलुकमा औद्योगिक वातावरण तयार गरी वैदेशिक एवम् निजी लगानी आकर्षित गरी स्वदेशमा नै मर्यादित रोजगारीका अवसर सिर्जना गर्ने दिशामा क्रियाशिल रहेको छ । असल औद्योगिक वातावरण तयार गर्न ट्रेड युनियन कर्मीको भूमिका रहन्छू, उहाँले भन्नुभयो ।

उहाँले श्रमिकहरुले आफ्नो जीवनलाई सम्मानित बनाउन सम्मानजनक पारिश्रमिक पनि हुनुपर्छ भन्ने वर्तमान सरकारको मान्यता रहेको बताउनुभयो । उहाँले सरकारले समय सापेक्ष न्यूनतम पारिश्रमिकमा परिमार्जन गर्दै समयाअनकुल परिर्माजन गरी कार्यान्वयन गर्दै आएको पनि उल्लेख गर्नुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

रास्वपा महाधिवेशन: सर्वसम्मति नजुटे ६ पदमा चुनावी प्रतिस्पर्धा, उम्मेदवारहरूको लामै सूची

सम्बन्धित

रास्वपा महाधिवेशन: सर्वसम्मति नजुटे ६ पदमा चुनावी प्रतिस्पर्धा, उम्मेदवारहरूको लामै सूची

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : १८८ जनाको मृत्यु, १,५०० भन्दा बढी घाइते, हजारौँ अझै भग्नावशेषमुनि फसेको आशंका

विश्वकप २०२६: निकोलस पेपेको दुई गोलसँगै कोट डी आइभोर पहिलोपटक नकआउट चरणमा

इक्वेडरको ऐतिहासिक जित : जर्मनीलाई २–१ ले हराउँदै २० वर्षपछि विश्वकपको नकआउट चरणमा प्रवेश

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group