ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मेलम्चीको पानी आज बेलुका देखि काठमाडौंमा


एबीसी न्यूज
२२ आश्विन २०८१, मंगलबार   ३ : १०   बजे

काठमाडौं २२ असोज । मेलम्चीको पानी मंगलबार बेलुकासम्म काठमाडौंमा वितरण सुरु हुने भएको छ । मेलम्ची खानेपानी विकास समितिका अनुसार अहिले सिन्धुपाल्चोकको हेलम्बुबाट पानी सुरुङमा पठाउन प्राविधिकहरूले मेसिनको सहायताले काम गरिरहेका छन् । खानेपानी सुरुङको मुखमा पठाउने काम भइरहेको छ ।

मेलम्ची खोलालाई सुरुङको मुखबाट पानी भित्र पठाउन ढुंगा र बालुवा पन्छाउने काम भइरहेको प्राविधिकहरूले जानकारी दिउका छन् । खानेपानीमन्त्री प्रदीप यादवले सोमबार राति बाढीप्रभावित हेलम्बुवासीको समस्या हल गर्ने सहमति गरेपछि सुरुङमा पानी प्रवेश गराउन लागिएको हो ।

स्थानीयसँग राति अबेरसम्म पानी पठाउने सहमति गरेर मन्त्री यादव मंगलबार बिहान काठमाडौं फर्किएका छन् । २०७८ को बाढीपछि मेलम्चीको पानी निरन्तर वितरण हुन सकेको छैन । बाढीबाट मुहान र सुरुङ बचाउन हरेक बर्सातमा पानी बन्द गरिँदै आएको छ । गत असारमा बन्द भएको पानी अहिले पुनः सुरुङमा प्रवेश गराउन लागिएको हो ।

समितिका कार्यकारी निर्देशक रत्न लामिछानेका अनुसार अहिले काठमाडौंमा वितरण गरिएको बागमती मुहानको पानी बागमती खोलामा पठाएर मेलम्चीको पानी जोड्ने तयारी गरिएको छ । मेलम्चीको पानी बन्द भएपनि गत असारदेखि वितरण प्रणालीमा बागमतीको पानी पठाइएको थियो । गत असारमा बन्द गरेको २६ किलोमिटर सुरुङमा बर्सातका बेला पनि पानी भरिएरै बसेको थियो ।

त्यसैले कारण मुहानबाट पठाउने बितिक्कै सुन्दरीजल प्रशोधन केन्द्रबाट पानी काठमाडौंको थोक प्रणालीमा पठाउने लामिछानेले जानकारी दिए । सुरुङ खाली भएको अवस्थामा भने पूर्ण रुपमा भरिन १२ दिन लाग्ने प्राविधिकले जानकारी दिए ।

बागमतीको पानीको ‘कनेक्सन’ टुटाएर मेलम्चीको पानी जोड्ने तयारी छ । लामिछानेले भने, ‘बेलुकासम्म काठमाडौंको वितरण प्रणालीमा पानी पठाउँछौं ।’

२०७८ सालको बाढीबाट क्षतिग्रस्त मेलम्ची मुहान क्षेत्रकाबासिन्दाले पुनर्स्थापना, पुनर्निर्माण र पानीको लेबी सम्बन्धी माग राखेर आन्दोलन गर्दै आएका थिए । उनीहरूले माग सम्बोधनको सुनिश्चत नभई पानी लैजान नदिने अडान राखेको कारण समस्या भएको थियो । मन्त्री यादव आफै मुहानका बासिन्दासँग वार्ता गर्न हेलम्बु गएका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भीमफेदीमा मुख्य न्यायाधीश सवार स्कारपियो दुर्घटना, ६ जना घाइते

मनसुन केही कमजोर, तर आज पनि देशभर वर्षाको सम्भावना

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu