ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पार्टीमात्र हैन मन पनि ठुलो बनाउनुहोस – महतो


एबीसी न्यूज
२२ फाल्गुन २०७४, मंगलबार   २ : ००   बजे

 

 

काठमाडौं, २२ फागुन। राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोले सबैको भावनालाई सम्बोधन गरेर अघि बढ्नुपर्ने बताएका छन् ।
संसद बैठकलाई सम्बोधन गर्दै राजपा अध्यक्ष मण्डलका सदस्य महतोले जनताले वाम गठबन्धनलाई ठूलो दल बनाएको भन्दै मन ठूलो बनाउदै सवैका भावनालाई समेट्नु पर्ने बताएका हुन ।

‘प्रधानमन्त्री ओली र प्रचण्डजीलाई बधाई दिन चाहन्छु, जनताले अध्यधिक समर्थन दिएका छन्’ उनले भने, ‘जनताले ठूलो पार्टी बनाएका छन् । अब मन ठूलो बनाउनुस्, देश बनाउनुस् ।’हिन्दीमा सम्बोधन गरेका महतोले सबैको पहिचान र भावनाको सम्बोधन हुनुपर्ने बताए । उनले भने, ‘नेपालीका साथै मधेसी पनि हौं । धोती हाम्रो संस्कृति हो, यसमा गर्व छ ।’

अरु नेपालीलाई जत्ति मातृभूमिको माया छ, मधेसीहरुलाई पनि त्यति नै माया रहेको उनले बताए । यो देश कुनै भाषा, जाति वा धर्मको होइन, सबैको देश हो’ महतोले भने, ‘प्रचण्डजीले ठीक भन्नुभयो, यो विवाद बढाउने समय होइन । सिंहदरबारले अरु जनता के चाहन्छन्, त्यो बुझे समस्या हुँदैन ।’
आफूहरुले समेत सहयोग गर्ने र दुई तिहाई बढी पुग्ने भन्दै उनले संविधान संशोधन अघि बढाउन आग्रह गरे । महतोले भने, ‘प्रधानमन्त्रीजी दिल खोलेर अघि बढ्नुस् । संविधान बाइवल, गीता होइन । संविधानमा जे संशोधन आवश्यक छ, त्यो गरौं ।’

प्रधानमन्त्री ओलीले फोरमका साथै आफ्नो पार्टीका नेताहरुसँग संविधान संशोधन गर्ने सम्झौता गर्ने प्रस्ताव राखेको भन्दै महताले भने, ‘सम्झौता त हामीले दजनौं गर्‍यौ प्रधानमन्त्री जी । अब कति सम्झौता गरौं ? कति धोका खाऔं ?’ उनले सम्झौता नभई संविधान संशोधनको प्रतिवद्धता पूरा गर्न सरकारलाई आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group