ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

२६ वर्षपछि जगतीपुरबाट जाजरकोट दरबारमा भित्र्याइयो फूलपाती


एबीसी न्यूज
२४ आश्विन २०८१, बिहिबार   ६ : १६   बजे

काठमाडौ २४ असोज । २६ वर्षपछि पुरानो राजधानी जगतीपुरबाट खड्ग देवतासहितको फूलपाती जाजरकोट दरबारमा ल्याएर भित्र्याइएको छ।

हरेक वर्ष फूलपातीका अवसरमा जाजरकोट दरबारमा भित्र्याइने खड्ग देवता गएको २५ वर्षसम्म खलङ्गाकै कालिका मन्दिरबाट जाजरकोट दरबार ल्याएर भित्र्याउने गरिएको थियो। जाजरकोट राज्यको प्रतीक मानिएको उक्त खड्ग देवता दसैँको सप्तमीमा जगतीपुरबाट भित्र्याउने चलन बन्द भए पनि यसलाई फेरि जगतीपुरमै लिने पहल गरिएको थिएन।

सशस्त्र द्वन्द्वका कारण असुरक्षा भएको भन्दै २०५५ सालमा उक्त खड्गलाई खलङ्गाको कालिका मन्दिरमै राखिएको थियो। द्वन्द्व समाधान भए पनि स्थानीय सरोकारवालाको बेवास्ताका कारण खड्गलाई जगतीपुर नलिएर कालिका मन्दिरमै राखिएको थियो।

 

यस वर्ष जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानको विशेष पहल, समन्वय र सक्रियतामा २६ वर्षपछि जगतीपुर दरबार क्षेत्रको खड्ग देउताको मन्दिरमा लगिएको थियो। प्रतिष्ठानको पहल र समन्वयमा जिल्लामा बसेको सर्वपक्षीय बैठकले यस वर्षदेखि जगतीपुरबाटै खड्ग देवता ल्याउने निर्णय गरेको थियो।

सोही निर्णयअनुसार आज जगतीपुरका स्थानीयले विधि प्रक्रिया पुर्‍याएर पुरानै परम्पराअनुसार बाजासहित जाजरकोट दरबारमा ल्याएको खड्ग देउता ग्रहण गर्न जाजरकोटी राजाका सन्तान, प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीसहितका सुरक्षा निकायका प्रमुख तथा अन्य सुरक्षाकर्मी, नागरिक समाज, पत्रकार सर्वसाधारण विशेष तयारीका साथ शान्ति चौतारा जम्मा भएका थिए।

जगतीपुरबाट ल्याइएको खड्ग देवतालाई बाजागाजासहित शान्ति चौतारामा भव्य स्वागत गरिएको थियो। त्यसपछि गैरीखालीमा पुगी बजुको मन्दिर छेउमा पुजा अर्चना गरियिो। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले जाजरकोटकी देवी कालिका, मालिका र भगवतीलाई सलामी दिएका थिए।

उक्त पुजा र सलामी पछि ठूलो सङ्ख्यामा रहेका सर्वसाधारण, सुरक्षाकर्मी र अन्य व्यक्तिको सहभागितामा उक्त खड्ग र फूलपातीलाई जाजरकोट दरबार पुर्‍याएको थियो। दरबार पुर्‍याइएको खड्ग र फूलपातीलाई विशेष पुजासहित जाजरकोट दरबारको जमराघरमा भित्र्याइएको थियो। सो अवसरमा पुनः नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले सलामी दिएका थिए।

जाजरकोटको इतिहास मौलिकता र संस्कृति जोगाउनको लागि आफूहरूले २६ वर्षपछि जगतीपुरबाटै ल्याउने चलन सुरु गराउन पहल र समन्वय गरेको जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानका अध्यक्ष जनक केसीले बताए।

अध्यक्ष केसीले जगतीपुरका स्थानीय सरोकारवाला, खलङ्गाका स्थानीय सरोकारवाला, जाजरकोटी राजाका सन्तान, प्रमुख जिल्ला अधिकारीलगायत विभिन्न सुरक्षा निकाय र सबैको सल्लाहमा यो वर्षदेखि पुरानो परम्परालाई निरन्तरता दिने काम गरिएको बताए।

यस्तै, जाजरकोटी मौलिकता र परम्परालाई पुरानै शैलीमा निरन्तरता दिन यस पटकदेखि जगतीपुरबाट खड्ग देवता जाजरकोट दरबारमा ल्याउने कार्य गरिएको प्रजिअ उमाकान्त अधिकारीले बताए। यस्तै जाजरकोटी राजा उपेन्द्रविक्रम शाहका पनाति प्रवेशविक्रम शाहले पुरानो परम्परालाई निरन्तरता दिने काम भएकोमा खुसी व्यक्त गरे। रासस

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपामा भद्रगोल : ‘नयाँ राजनीति’ को दाबीमाथि आफ्नै कार्यकर्ताको प्रश्न, मतदान प्रक्रियामै व्यापक असन्तुष्टि

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

सम्बन्धित

रास्वपामा भद्रगोल : ‘नयाँ राजनीति’ को दाबीमाथि आफ्नै कार्यकर्ताको प्रश्न, मतदान प्रक्रियामै व्यापक असन्तुष्टि

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

प्रचण्ड गर्मीको चपेटामा युरोप : फ्रान्समा मात्र ४० जनाको डुबेर मृत्यु, तापक्रमले तोड्यो दशकौँ पुराना कीर्तिमान

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group