ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रिय सभा अध्यक्ष दाहाल र थाई सिनेट अध्यक्ष सुरसज्जाबिच भेट


एबीसी न्यूज
३० आश्विन २०८१, बुधबार   १२ : ०५   बजे

काठमाडौं ३० असोज । राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहाल र थाइल्याण्डको सिनेटका अध्यक्ष मोङकोल सुरसज्जाबिच द्विपक्षीय भेटघाट भएको छ ।

अन्तर–व्यवस्थापिका सङ्घको महासभामा सहभागी हुन जेनेभा आउनुभएका सुरसज्जासहितको थाइ संसदीय टोली र दाहाल नेतृत्वको नेपाली संसदीय टोलीबिच भेटवार्ता भएको हो ।

भेटवार्तामा दुई देशबिचको सम्बन्ध, आपसी हितका साथै आगामी दिनमा गर्न सकिने सहकार्य र सहयोगका बारेमा छलफल भएको थियो ।

सो अवसरमा राष्ट्रिय सभा अध्यक्ष दाहालले नेपाल र थाइल्याण्डबिचको कूटनीतिक सम्बन्ध मैत्रीपूर्ण रहेको चर्चा गर्दै लुम्बिनी, गौतम बुद्ध र बौद्ध धर्मले नेपाल र थाइल्याण्डका जनताबिच बलियो सम्बन्ध सेतुको काम गरेको बताउनुभयो ।

थाई पर्यटकका लागि भगवान बुद्धको जन्मस्थल लुम्बिनी महत्त्वपूर्ण धार्मिक एवम् पर्यटकीय गन्तव्यका रुपमा रहेको बताउँदै अध्यक्ष दाहालले थाई सरकारले लुम्बिनी पवित्र बगैंचामा थाई शैलीको बिहार निर्माण गरेर थाई पर्यटकलाई नेपाल भित्र्याउन थप मद्दत गरेकोमा खुसी व्यक्त गर्नुभयो ।

“दुवै देशका नागरिक वर्षेनी पर्यटकको रुपमा आउने जाने गरिरहेको भन्दै उहाँले उच्च शिक्षा, बौद्ध धर्मसम्बन्धी अध्ययन, लगानी, व्यापार, पर्यटन लगायतका माध्यमबाट नेपाल–थाइल्याण्डबिच जनस्तरको सम्बन्ध प्रगाढ हुँदै गइरहेको मैले पाएको छु ।”

आफूहरुले नेपाल–थाइल्याण्ड संसदीय मैत्री समूह गठन गरेको बताउँदै अध्यक्ष दाहालले मैत्री समूहमार्फत दुई देशका संसदले संसदीय अभ्यास, कानुन निर्माण, अनुभव आदानप्रदान गरी लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो ।

साझा सरोकार र आपसी हितका विषयहरुमा क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा दुवै देशले आपसी सहयोग र सहकार्य गर्दै आएको चर्चा गर्दै अध्यक्ष दाहालले दुई देशबिचको सांस्कृतिक सम्बन्धका साथै आपसी हितका सबै आयाममा थप सहकार्य गर्दै अघि बढ्नु आवश्यक रहेको बताउनुभयो ।

सो अवसरमा थाइल्याण्ड सिनेटका अध्यक्ष सुरसज्जाले नेपाली संसदीय टोलीसँगको भेट र सम्मानले आफूलाई निकै खुसी लागेको भन्दै यस किसिमको भेटघाट र छलफलले द्विपक्षीय सम्बन्ध बढाउन सहयोग पुग्ने बताउनुभयो ।

बहुसंख्यक थाई जनताले बौद्ध धर्म मान्ने गरेको उल्लेख गर्दै अध्यक्ष सुरसज्जाले बुद्ध जन्मभूमि नेपाल आफ्नो पनि सपनाको गन्तव्य भएको बताउनुभयो ।

नेपालको हस्पिटालिटीमा थाइल्याण्डबाट भएको लगानीले रोजगारी सिर्जनामा राम्रो सहयोग भइरहेको भन्दै उहाँले आगामी दिनमा पनि दुवै देशको हितमा आर्थिक विकासका कामहरु गर्न सकिने बताउनुभयो ।

थाइ पर्यटकहरुको लागि बुद्ध जन्मभूमि लुम्बिनी निकै महत्त्वपूर्ण पर्यटकीय स्थल भएको बताउँदै सुरसज्जाले लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा सञ्चालनमा आए थाई पर्यटकलाई धेरै सहज हुने थियो भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेनेजुएलामा भूकम्पको विनाश: ९२० को मृत्यु, जीवितै उद्धारका लागि संघर्ष जारी

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

सम्बन्धित

फिफा विश्वकप २०२६ : अर्जेन्टिना अपराजित यात्रा कायम राख्ने लक्ष्यमा, पोर्चुगल–कोलम्बिया भिडन्तमा सबैको नजर

भेनेजुएलामा भूकम्पको विनाश: ९२० को मृत्यु, जीवितै उद्धारका लागि संघर्ष जारी

हर्मुजको जलडमरूमा फेरि तनाव: कार्गो जहाजमाथि हमलापछि अमेरिका र इरान आमनेसामने

मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको प्रतिवेदन

महँगोमा मल खरिदको सम्झौता, कृषि सामग्री कम्पनीभित्रै उठ्यो प्रश्न

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu