ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

१६ वटा उडान भएपछि फेरि रोकियो मन्थली-लुक्ला उडान


एबीसी न्यूज
३० आश्विन २०८१, बुधबार   ३ : ५४   बजे

काठमाडौं ३० असोज । मन्थली–लुक्ला उडान फेरि रोकिएको छ। सोलुखुम्बुको खुम्बु क्षेत्रमा मौसम खराब हुँदा सोमबारदेखि रोकिएको मन्थली–लुक्ला उडान बुधबार बिहान ९ बजेदेखि सञ्चालनमा आएको थियो। तर बुधबार केही घण्टा मात्रै उडान भएपछि फेरि खुम्बु क्षेत्रको मौसम खराब हुँदा उडान रोकिएको नागरिक उड्डयन प्राधिकरण मन्थलीका उप–प्रबन्धक हिरण्य साहले बताउनुभयो।

उहाँले भन्नुभयो “आज बिहान ९ बजेदेखि केही घण्टा उडान भए। आज १६ वटा उडान भएका छन्। ९ बजेबाट उडान सुरु भए पनि १२ बजे भन्दा अगाडि नै मौसम बिग्रिएपछि बन्द भयो।”

उहाँका अनुसार आज बुधवार उडान सुरु भएको एक घण्टामै १० वटा उडान भएका थिए। नागरिक उड्डयन प्राधिकरण मन्थलीका अनुसार सोमबारदेखि उडान बन्द हुँदा मन्थलीमा रोकिएका एक हजार २०० भन्दा बढी पर्यटक मध्ये बुधबार भएका १६ वटा उडान मार्फत २३० जना भन्दा बढी लुक्ला पुगेका छन्।

सरकारले सगरमाथा क्षेत्र भ्रमणमा आएका विदेशी पर्यटकलाई रामेछापको मन्थली विमान स्थलबाट लुक्ला पुर्‍याउने र ल्याउने व्यवस्था गरेको छ। नागरिक उड्डयन प्राधिकरणले वसन्त ऋतु० को चैतदेखि जेठ महिनासम्म र ९शरद ऋतु० को असोज पहिलो सातादेखि मङ्सिरको १५ गतेसम्म मन्थली विमानस्थलबाट लुक्ला पर्यटक लैजाने र ल्याउने व्यवस्था गरेको छ।

नागरिक उड्डयन प्राधिकरण मन्थलीका अनुसार मन्थली विमान स्थललाई प्रयोग गरी सीता, तारा र समिट एयरका जहाजले सगरमाथा क्षेत्रको भ्रमणमा आएका विदेशी पर्यटकलाई लुक्ला पुर्‍याउने र ल्याउने गरिरहेका छन्। एउटा उडानमार्फत १४ देखि १८ जनासम्म पर्यटक मन्थली विमानस्थलबाट लुक्ला पुग्ने गरेका छन्। बिहानदेखि बेलुकासम्म मौसम खुलेको समयमा एक दिनमा ६० वटासम्म मन्थली–लुक्ला उडान हुने गरेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group