ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गौशाला धर्मशाला खाली गर्ने काम रोक्न पशुपति क्षेत्र विकास कोषलाई मन्त्रालयको निर्देशन


एबीसी न्यूज
१ कार्तिक २०८१, बिहिबार   ३ : १६   बजे

काठमाडौं १ कात्तिक । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गौशाला धर्मशाला खाली गर्ने काम रोक्न निर्देशन दिएको छ । मन्त्रालयले कोषलाई पत्र पठाएर पशुपति क्षेत्र विकास कोषको अघिल्लो निर्णय कार्यान्वयनमा भइरहेका काम रोक्न भनेको हो ।

यस्तै मन्त्रालयले आउँदो आइतवार बिहान ९ बजे पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को बैठक बसेर यसबारे थप छलफल गर्ने पनि जनाएको छ । मन्त्रालयले कोषका सदस्य–सचिवलाई पत्र लेखेर निर्देशन दिएको हो ।

संस्कृतिमन्त्री कोष सञ्चालक परिषद्को अध्यक्ष रहने व्यवस्था छ । कोष सञ्चालक परिषद्को असोज २० गतेको बैठकले सरकारी निकायसँग समन्वय गरी गौशाला धर्मशाला व्यवस्थापन गर्ने निर्णय गरेको थियो । त्यही आधारमा कोषले असोज २२ गते गौशाला धर्मशाला व्यवस्थापन गर्न काठमाण्डौ महानगरपालिकासँग सहमति गरेलगत्तै काठमाण्डौ महानगरले नगर प्रहरी बल परिचालन गरेर धर्मशाला खाली गराउन लागेको थियो । मारवाडी सेवा समितिले यसको विरोध गर्दै आएको छ । हिजो पनि महानगरले धर्मशालाका केही संरचना भत्काउन दुई वटा डोजर लगेको थियो । यी घटनाले पशुपति क्षेत्रको शान्ति सुरक्षामा समस्या उत्पन्न भएको भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कोषलाई चिठी लेखेको हो ।

२०६० सालको जेठ १२ गते पशुपति विकास कोष र मारवाडी सेवा समितिबीच वार्षिक ५१ हजार रुपैयाँ आर्थिक सहयोग गर्ने सम्झौता भएको थियो । कोषले अहिले त्यही सम्झौता खारेज गरेको हो । यसविरुद्ध मारवाडी सेवा समितिले काठमाण्डौ जिल्ला अदालतमा मुद्दा हालेको थियो । जिल्ला अदालतले समितिको दाबी नपुग्ने फैसला गरेपछि कोषले धर्मशाला खाली गराउन लागेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

सम्बन्धित

रोमाञ्चक बराबरीसँगै जापान र स्विडेन नकआउटमा, अब ब्राजिलसँग जापानको महाभिडन्त

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

रास्वपा महाधिवेशन: सर्वसम्मति नजुटे ६ पदमा चुनावी प्रतिस्पर्धा, उम्मेदवारहरूको लामै सूची

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : १८८ जनाको मृत्यु, १,५०० भन्दा बढी घाइते, हजारौँ अझै भग्नावशेषमुनि फसेको आशंका

विश्वकप २०२६: निकोलस पेपेको दुई गोलसँगै कोट डी आइभोर पहिलोपटक नकआउट चरणमा

इक्वेडरको ऐतिहासिक जित : जर्मनीलाई २–१ ले हराउँदै २० वर्षपछि विश्वकपको नकआउट चरणमा प्रवेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group