ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बागमती प्रदेशमा आजदेखि ट्रायल पास गर्नेबित्तिकै नागरिक एपमै लाइसेन्स


एबीसी न्यूज
४ कार्तिक २०८१, आइतबार   ११ : ३५   बजे

काठमाडौं ४ कात्तिक । सरकारले सवारी चालक अनुमतिको लागि ट्रायल पास गरेपछि लाइसेन्स कार्ड आवश्यक नपर्ने व्यवस्था कार्यान्वयमा ल्याएको छ। यो व्यवस्था आजदेखि नै बागमती प्रदेश यातायात व्यवस्था कार्यालयबाट परीक्षणको रुपमा लागू गर्न लागिएको सरकारले जनाएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सामाजिक सञ्जालमार्फत् आजदेखि सवारीचालक अनुमतिपत्र ९लाइसेन्स० को ट्रायल पास गरेपछि चालकले मोबाइलमै लाइसेन्स पाउने जानकारी दिएका छन्।

‘आजदेखि नागरिक एप मार्फत् सम्बन्धित व्यक्तिको मोबाइलमै लाइसेन्स उपलब्ध हुने छ। सवारी नियम उल्लंघनमा ट्राफिक प्रहरीले चिट काट्दा सम्बन्धित ठाउँमै डिजिटल पेमेन्ट गर्ने व्यवस्था गरिएको छ,’ प्रधानमन्त्री ओलीले सामाजिक सञ्चालमा लेखेका छन्, ‘यसले सवारी लाइसेन्स छपाइ नहुँदा परेको समस्या अन्त्य भएको छ भने सवारी नियम उल्लंघनमा जरिवाना तिर्दा हुने झन्झट पनि हटेको छ।’

 

उनले आज आइतबार०देखि बागमती प्रदेश यातायात व्यवस्था कार्यलयबाट परीक्षणका रूपमा यो व्यवस्था सुरु हुने जानकारी दिएका छन्। नागरिक एपमा अरु सेवा पनि थप्ने तयारी गरिएको प्रधानमन्त्रीको भनाई छ।

‘कुनै पनि कामको लागि लाइन बस्नु पर्ने समस्याबाट मुक्त गर्ने तयारीमा हामी लागेका छौँ,’ प्रधामन्त्रीले ओलीले भनेका छन्, ‘राज्यले नागरिकलाई छिटो सेवा प्रवाहमा यसले सहयोग पुग्नेछ भन्ने हामीले आशा राखेका छौँ।’

यो सिस्टम लागू भएपछि लाइसेन्स कार्ड छपाइ हुन नसकेर वर्षौं कुर्नुपर्ने समस्या अन्त्य हुने अपेक्षा गरिएको छ।

आइतबार एक कार्यक्रमकाबीच बागमती प्रदेशमा नागरिक एपबाट डिजिटल लाइसेन्स वितरण कार्यको शुभारम्भ गर्न लागिएको बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयले जनाएको छ।

मन्त्रालयले पाँच महिनादेखि नागरिक एपमा लाइसेन्स वितरणको परीक्षण गर्दै आएको थियो। परीक्षणको सफलतापछि सबै संरचनालाई डिजिटल गर्न लागिएको हो।

मन्त्रालयले डिजिटल लाइसेन्स जाँच गर्न ट्राफिक प्रहरीलाई मोबाइल उपलब्ध गराएको छ। जाँचका लागि ट्राफिक प्रहरीलाई १०४ वटा मोबाइल उपलब्ध गराइएको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

दुर्गा प्रसाईँसँग वार्ता गर्न सरकारले समिति गठन गर्‍यो

कांग्रेसलाई ‘बिग टेन्ट’ पार्टीका रूपमा पुनर्गठन गर्न डिला संग्रौलाको जोड

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu