ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सेयर बजारमा देखियो राजनीतिक प्रभाव, नेप्सेमा उच्च अंकको गिरावट


एबीसी न्यूज
४ कार्तिक २०८१, आइतबार   ३ : ४९   बजे

काठमाडौं ४ कात्तिक । बुलिस प्रवृत्तिमा बजार जानै लाग्दा मुलुक भित्रको राजनीतिमा सरगर्मी बढेसँगै बजारमा प्रभाव देखिएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेको पक्राउसँगै मुलुकका विभिन्न भागमा नारा जुलुस हुन थालेपछि बजारमा प्रभाव देखिएको हो।

छोटो अवधिको लागि भए पनि यस्ता राजनैतिक घटनाले बजारलाई प्रभाव पार्छ।  आइतबार नेप्से ४७।४४ अंकले घटेर २६९७।९१ विन्दुमा बन्द भएको छ।

आइतबार कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ।  गत कारोबार दिन अर्थात् बिहीबार सात अर्ब १९ करोडको कारोबार भएकोमा यसदिन आठ अर्ब १८ करोडको कारोबार भएको छ।

अघिल्लो दिनको तुलनामा कारोबार रकममा एक अर्ब रूपैयाँ वृद्धि भएको हो।  आज ३१५ वटा धितोपत्रको दुई करोड आठ लाख ६८ हजार ९१९ कित्ता सेयर किनबेच भएको हो।

आइतबार १८ कम्पनीको सेयर मूल्य बढेको छ भने २२६ वटाको घटेको छ।  यसदिन कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेर प्रतिकित्ता मूल्य दुई हजार ३०८ रूपैयाँ ९० पैसा कायम भएको छ।

यसैगरी, ङादी ग्रुप पावरको मूल्य ९।८९ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ५२२ रूपैयाँ पुगेको छ।  यस्तै, इष्टर्न हाइड्रोपावरको मूल्य सर्वाधिक १० प्रतिशतले घटेर प्रति कित्ता मूल्य ८७५ रूपैयाँ ७० पैसामा झरेको छ।

गुडविल फाइनान्सको मूल्य ८।४१ प्रतिशतले घटेको छ।  उक्त कम्पनीको प्रतिकित्ता मूल्य एक हजार ९९ रूपैयाँ १० पैसा कायम भएको छ।

आइतबार गुडविल फाइनान्सको सर्वाधिक कारोबार भएको छ।

कम्पनीको प्रतिकित्ता मूल्य एक हजार ९९ रूपैयाँ १० पैसामा ४५ करोड ७ लाखको सेयर कारोबार भएको छ।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा कुमारी बैंक रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता २४६ रूपैयाँमा ८७ करोड ८७ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो।

यसदिन वित्त समूहको परिसूचक सर्वाधिक ४ प्रतिशतले घटेको छ भने दोस्रोमा जीवन बीमा समूहको परिसूचक २।४६ प्रतिशतले घटेको छ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

टर्कीसँग पराजित भए पनि समूह विजेता बन्यो अमेरिका, इन्जुरी समयमा टर्कीको सान्त्वना जित

रास्वपाको महाधिवेशनबाट निर्वाचित ९९ सदस्ययहरुको मतसहितको आधिकारिक सूची, कसले कति मत पाए?

सम्बन्धित

टर्कीसँग पराजित भए पनि समूह विजेता बन्यो अमेरिका, इन्जुरी समयमा टर्कीको सान्त्वना जित

रास्वपाको महाधिवेशनबाट निर्वाचित ९९ सदस्ययहरुको मतसहितको आधिकारिक सूची, कसले कति मत पाए?

अमेरिकाविरुद्ध टर्कीको पुनरागमन, ओर्कुन कोकुको गोलमा २–१ को अग्रता

अमेरिका–टर्की खेलको रोमाञ्चक सुरुवात, पहिलो १० मिनेटमै १–१ को बराबरी

रोमाञ्चक बराबरीसँगै जापान र स्विडेन नकआउटमा, अब ब्राजिलसँग जापानको महाभिडन्त

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu