ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हेटौँडा–कुलेखानी–काठमाडौँ जोड्ने सडक सञ्चालनमा


एबीसी न्यूज
५ कार्तिक २०८१, सोमबार   १२ : ५७   बजे

काठमाडौं ५ कात्तिक ।  मर्मतका लागि तीन दिन सवारीसाधन आवागमन एकतर्फी बन्द गरिएको हेटौँडा–कुलेखानी–काठमाडौँ जोड्ने छोटो दूरीको मार्ग आइतबार साँझबाट सञ्चालनमा आएको छ ।

असोज ११ र १२ गतेको अविरल वर्षाका कारण आएको बाढी र पहिरोले सडक बगाएपछि डाइभर्सन निर्माण गरी वैकल्पिक मार्ग खुलाई यातायात सुचारु गरिएकोमा मर्मतका लागि तीन दिन सडकखण्डमा सवारी आवागमन बन्द गरिएको सडकखण्ड सञ्चालनमा आएको हो ।

इन्द्रसरोवर गाउँपालिका वडा नम्बर २ सिमखोलामा बनाइएको डाइभर्सनमा ह्यूम पाइप थप्ने र सडक चौडा बनाउने कार्यका लागि सडकखण्ड कात्तिक २ गतेदेखि ३ दिन बन्द गरिएकोमा सडक मर्मत गरी आइतबार साँझबाट सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।

अस्थायी रूपमा सञ्चालन गरिएको उक्त सडकखण्डमा नयाँ ट्र्याक र उकालोका कारण साना सवारीसाधनको आवागमनमा समस्या भएपछि ह्युम पाइप राखेर मर्मत गरिएको हो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

दुर्गा प्रसाईँसँग वार्ता गर्न सरकारले समिति गठन गर्‍यो

कांग्रेसलाई ‘बिग टेन्ट’ पार्टीका रूपमा पुनर्गठन गर्न डिला संग्रौलाको जोड

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu