ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

न्यायपालिकालाई लयमा फर्काउनेछु : प्रधानन्यायाधीश राउत


एबीसी न्यूज
५ कार्तिक २०८१, सोमबार   ४ : ५९   बजे

काठमाडौं ५ कात्तिक । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले न्यायपालिकालाई लयमा फर्काउने कामलाई अझै प्रभावकारी र समृद्ध रुपमा अघि बढाउने बताएका छन्।

सोमबार संवैधानिक तथा न्यायिक पत्रकार मञ्चका पदाधिकारीहरूसँगको सामूहिक भेटमा उनले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन्।

नवनियुक्त प्रधानन्यायाधीश राउतले आफूसँग निष्ठा र निष्कलंक छवि भएका न्यायाधीशहरू रहेको दाबी गर्दै उनीहरूको जोडबलमा न्यायपालिकालाई लयमा फर्काउने कामलाई अझ प्रभावकारी ढंगले अघि बढाउने अठोट र संकल्प लिइएको पनि जिकिर गरे।

 

‘यो अदालत भनेको सबैको हो। नागरिकको हक र अधिकारको लागि यो अदालत प्रतिवद्ध छ। र नागरिक हक र अधिकारको प्रत्याभूतिको सन्दर्भमा यो अदालतले निर्वाह गर्नुपर्ने जुन भुमिकाहरू छ। यसमा हामी आफ्नो ठाउँबाट जे सम्पादन गर्नुपर्ने हो, त्यो हामी गरिहाल्छौँ।’

अदालतभित्र अफ्ठ्याराहरू, असहज परिस्थितिहरू रहेको उल्लेख गर्दै उनले त्यसलाई सल्ट्याउने दायित्व पूरा गर्ने बताउँदै उनले न्यायालयमा देखिएको चुनौती हटाउने काममा आफूहरूले सञ्चारकर्मीहरुबाट साथ र सहयोगको अपेक्षा गरेको पनि बताए।

‘हाम्रो देश सानो छ। जताततै चुनौती छ। राज्यको चौथो अंगमा पनि चुनौती देखिन्छ। हाम्रा अड्डा अदालतमा पनि निकै छन्। यताको म नैतिक जिम्मेवारी लिन तयार छु,’ पत्रकारमाझ प्रधानन्यायाधीश राउतले भने, ‘तपाईंहरूले मलाई सुझाउनुस्, यो अदालतभित्रको जे जति अफ्ठ्याराहरू, असहज परिस्थितिहरू छन्। यसलाई मैले सल्टयाउने नै हो। त्यसको मैले नैतिक जिम्मेवारी लिने पनि हो।’

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

रास्वपा महाधिवेशनको प्रभाव: प्रतिनिधिसभा बैठक फेरि स्थगित

रास्वपा पदाधिकारीको प्रारम्भिक सूची सार्वजनिक, १ महामन्त्रीका लागि ९ जना मैदानमा

क्वार्टरफाइनलमा को–को पुग्लान्? एआई, सुपरकम्प्युटर र फुटबल विश्लेषकका आधारमा सम्भावित अन्तिम–८ को चित्र

कोइराला निवासमा राजनीतिक सरगर्मी: प्रचण्ड र माधव नेपालद्वारा शेखरसँग सामूहिक संवाद

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu