ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उपनिर्वाचन : माओवादी केन्द्रद्वारा उम्मेदवारी घोषणा


एबीसी न्यूज
६ कार्तिक २०८१, मंगलबार   १ : ४९   बजे

काठमाडौं ६ कात्तिक । आगामी मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनको तयारी गरिरहेको नेकपा ९माओवादी केन्द्र०ले मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको छ ।

ग्रामथान गाउँपालिकाको तेतरियामा सभाको सोमबार आयोजना गरी ग्रामथान १ का नमोनारायण माझीलाई अध्यक्ष पदको उम्मेदवार बनाउने घोषणा गरेको हो ।

माझी दुई महिना अगाडि नेपाली कांग्रेसबाट माओवादी केन्द्रमा प्रवेश गर्नुभएको थियो । माझी २०७४ सालको निर्वाचनमा ग्रामथान १ को वडाध्यक्ष निर्वाचित हुनुभएको थियो ।

गत स्थानीय तहको निर्वाचनमा पार्टीले उम्मेदवार नबनाएपछि स्वतन्त्र रूपमा उम्मेदवारी दिनुभएको माझीले वडामा तेस्रो स्थानको मत प्राप्त गर्नुभएको थियो ।

मङ्सिर १६ गते हुन लागेको निर्वाचनको तयारीमा जुटिरहेका दलहरूमध्ये माओवादी केन्द्रले उम्मेदवारी घोषणा गरेको छ भने अरू दलहरू तयारीमा जुटेका छन् ।

२०७९ सालमा सम्पन्न निर्वाचनमा अध्यक्ष पदमा निर्वाचित हुनुभएका कांग्रेस नेता जयप्रकाश गच्छदारको हृदयाघातबाट निधन भएपछि ग्रामथानमा उपनिर्वाचन हुन लागेको हो ।

माझीको उम्मेदवारी घोषणा कार्यक्रममा माओवादी केन्द्रका नेताहरू सावित्रीकुमार काफ्ले, प्रतिनिधिसभा सांसद अमनलाल मोदी, पूर्वराज्यमन्त्री विजयकुमार विश्वासलगायतका नेताहरू उपस्थित हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group