ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मोरङ प्रहरीमा हलचल : प्रहरी निरीक्षकसहित चारजनामाथि अनुसन्धान सुरू


एबीसी न्यूज
६ कार्तिक २०८१, मंगलबार   १ : ५३   बजे

काठमाडौं ६ कात्तिक ।   मोरङ जिल्लाका प्रहरी प्रमुख प्रहरी प्रधान कार्यालय ९ हेडक्वाटर० तानिएसँगै जिल्लामा कार्यरत एक प्रहरी निरीक्षक ९इन्स्पेक्टर०सहित चारजना आफ्नो नियन्त्रणमा लिएर कोशी प्रदेश प्रहरी कार्यालयले छानबिन र अनुसन्धान अगाडि बढाएको छ ।

दसैँ तथा आसपासको समयमा मोरङमा तस्करी र जुवाजन्य गतिविधि बढेको र त्यसमा प्रहरीकै संरक्षण र समन्वय रहेको विषयमा गोरखापत्र अनलाइन र गोरखापत्र दैनिकमा समाचार प्रकाशित भएपछि मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवराज कार्कीलाई हेडक्वाटर झिकाइएसँगै मोरङमा कार्यरत थप चारजना प्रहरी अनुसन्धानको घेरामा तानिएका हुन् ।

कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक भीमबहादुर दाहालले जिल्ला प्रहरी कार्यालय मोरङबाट इन्स्पेक्टरसहित चारजनालाई प्रदेश प्रहरी कार्यालयमा ल्याएर अनुसन्धान एवम् छानबिन प्रारम्भ गरिएको बताउनुभयो । मोरङमा कार्यरत इन्स्पेक्टर विक्रमबहादुर भट्टराई, हवल्दार राजकुमार श्रेष्ठ र हवल्दार खगेन्द्र राउत तथा सहायक हवल्दार सरोज श्रेष्ठलाई कारबाहीको दायरामा ल्याइएको बताइएको छ ।

घुमुवा प्रहरीका रूपमा खटिँदै आएका चारै जनामाथि जुवाजन्य र तस्करीका गतिविधिको संरक्षण गरेको र जुवा खेल्ने र खेलाउनेसँग लाखौं रूपियाँ लिएको आरोप लागेको छ । उहाँहरूमाथि अनलाइन जुवाको सेटिङ गर्ने अनि गराइदिने र त्यस वापत मोटो रकम असुल गर्ने साथै तस्करीजन्य गतिविधिको पनि समन्वय र संरक्षण गर्ने गरेको आरोप लगेको छ ।

प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दाहालका अनुसार प्रदेश प्रहरी कार्यालयले उहाँकै संयोजकत्वमा गठन गरेको छानबिन समितिले इन्स्पेक्टर भट्टराईसहितका चारजना प्रहरीमाथि अनुसन्धान र छानबिन सुरू गरेको हो ।

‘‘ती चारजना प्रहरीलाई प्रदेश कार्यालय ल्याएर मेरो संयोजकत्वमा गठित छानबिन समितिले आवश्यक अनुसन्धान, सोधपुछ र बयान लिने काम गरिरहेको छ, अहिले अनुसन्धानको क्रम चलिरहेकोले योभन्दा थप केही बताउन मिलेन,’’ प्रवक्ता दाहालले भन्नुभयो ।

यसैबिच, मोरङ जिल्लाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवराज कार्की हेडक्वाटर तानिएपछि मोरङ जिल्लाको प्रहरी प्रमुखको जिम्मेवारी प्रहरी उपरीक्षक नारायणप्रसाद चिमरियाले सम्हाल्नुभएको छ । हेडक्वाटरको निर्णय अनुसार नेपाल प्रहरी विशेष सुरक्षा गण दुहबीका गणपति प्रहरी उपरीक्षक चिमरिया जिल्ला प्रहरी कार्यालय मोरङमा सोमबार हाजिर भई मोरङ प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्नुभएको हो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

दुर्गा प्रसाईँसँग वार्ता गर्न सरकारले समिति गठन गर्‍यो

कांग्रेसलाई ‘बिग टेन्ट’ पार्टीका रूपमा पुनर्गठन गर्न डिला संग्रौलाको जोड

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu