ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पूर्वगृहमन्त्री रवि लामिछानेको बयान जारी


एबीसी न्यूज
७ कार्तिक २०८१, बुधबार   २ : १९   बजे

काठमाडौं ७ कात्तिक ।   पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछाने अहिले कास्की प्रहरीको हिरासतमा हुनुहुन्छ । सहकारी ठगी र सङ्गठित अपराध अभियोगमा पक्राउ पर्नुभएका लामिछानेसँग कास्की प्रहरीले बयान लिन सुरु गरेको छ ।

पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारीमा ठगी र सङ्गठित अपराध अभियोगमा प्रहरीले अनुसन्धान गरिरहँदा रास्वपाले भने आन्दोलन गर्न थालेको छ । शुक्रबार जिल्ला अदालत कास्कीले पक्राउ पुर्जी जारी गरेपछि लामिछानेलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले काठमाडौँबाट पक्राउ गरी शनिबार पोखरा ल्याएको हो ।

चितवनबाट निर्वाचित प्रतिनिधि सभा सदस्यसमेत रहनुभएका लामिछानेलाई आइतबार अदालतले छ दिन म्याद थपेको थियो । सूर्यदर्शनको एक अर्ब ३५ करोड अपचलन र सङ्गठित अपराधमा अनुन्धान जारी रहँदा रास्वपाले गरेको प्रदर्शनले पोखराको जनजीवन प्रभावित बनेको छ ।

अदालतले म्याद थप गरी अनुसन्धान जारी रहँदा रास्वपाले गरेको प्रदर्शनको आलोचना भएको छ । नागरिक अधिकारकर्मी रामबहादुर पौडेल अदालतमा प्रवेश गरिसकेको विषयलाई प्रभावित गर्न राष्ट्रिय राजनीतिक दलले लगातार विरोध प्रदर्शन र दबाब दिनु अनुचित भएको टिप्पणी गर्नुहुन्छ । “अदालतलाई प्रभाव पार्ने गरी काम गर्नु कानुनसम्मत होइन । यो कदम गलत छ । सरकारको विरोधै गर्ने भए पनि सडक अवरुद्ध गर्ने, नागरिकलाई दुःख दिने कुरा गर्नु हुँदैन,” उहाँ भन्नुहुन्छ ।

आइतबार कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले सहिदचोक आसपासका क्षेत्र र जिल्ला प्रहरी कार्यालय गैह्रापाटन आसपासका क्षेत्रमा निषेधित क्षेत्र घोषणा गर्नुभएको छ ।

यी क्षेत्रमा अर्को आदेश नभएसम्मका लागि पाँच जनाभन्दा बढी व्यक्ति भेला भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन, सभा गर्न निषेध गरिएपछि रास्वपाले विरोध प्रदर्शन स्थल परिवर्तन गरेको छ । रास्वपाले मङ्गलबार जिरोकिमीमा विरोधसभासहित र्‍याली निकालेको छ ।

बुधबारसम्म लामिछानेको अनुसन्धान सकिने सम्भावना देखिँदैन । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलिया लामिछानेसँग बयान लिन सुरु गरिएको जनाउँदै बुधबारै अनुसन्धान सकिने सम्भावना नरहेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “उहाँसँग सोमबारबाट बयान लिन थालिएको छ । केही दिन लाग्ला । अनुसन्धानका लागि आवश्यक परे म्याद थपका लागि बिहीबार अदालत लैजान्छौँ ।”

रास्वपाको आन्दोलन जारी रहँदा पोखराका पर्यटन व्यवसायी भने चिन्तित छन् । पर्यटकीय सिजनको सुरुवातमै लगातार आन्दोलन र प्रदर्शनले नकारात्मक सन्देश जाने र तङ्ग्रिन लागेको पर्यटन क्षेत्रमा असर पर्ने उनीहरूको चिन्ता छ । होटल सङ्घ पोखरा अध्यक्ष लक्ष्मण बराल आन्दोलनमा आएका नेता, कार्यकर्ताले होटलको व्यापार थोरै बढे पनि आफूहरू यस खालका गतिविधिको पक्षमा नरहेको टिप्पणी गर्नुहुन्छ ।

अर्का पर्यटन व्यवसायी पोमनारायण श्रेष्ठ पनि राजनीतिक पार्टीले गर्ने आन्दोलनले पर्यटन राजधानी असुरक्षित छ भन्ने सन्देश जाने हो कि भनी व्यवसायी चिन्तित बनेको उल्लेख गर्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group