ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रवि लामिछानेको विषयमा छानबिन र अनुसन्धान स्वाभाविक – उपाध्यक्ष श्रेष्ठ


एबीसी न्यूज
७ कार्तिक २०८१, बुधबार   २ : ४०   बजे

काठमाडौं ७ कात्तिक । नेकपा माओवादी केन्द्र का वरिष्ठ उपाध्यक्ष तथा पूर्व उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछाने पक्राउ परेको विषयमा छानबिन र अनुसन्धान स्वाभाविक भएको बताउनुभएको छ । विराटनगर विमानस्थलमा बुधबार सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै नेता श्रेष्ठले सभापति लामिछाने पक्राउ परेको विषयमा छानबिन र अनुसन्धान स्वाभाविक भए पनि नेता विशेषका आधारमा भेदभावपूर्ण व्यवहार हुन नहुने बताउनुभएको हो ।

उहाँले निष्पक्ष छानबिन हुनुपर्ने आफूहरूको मत रहिआएको भए पनि व्यवहारमा सरकारले निष्पक्ष ढङ्गबाट अनुसन्धान अघि बढाउन नसकेको भन्ने नै परेको बताउनुभयो । सत्तारुढ दलका नेताहरूमाथि छानबिन नहुने तर विपक्षी नेतालाई मात्र पक्राउ गरेर अनुसन्धान गर्दा जनताले निष्पक्ष छानबिन भएको स्वीकार नगरेको उहाँको भनाइ थियो । सँगसँगै उहाँले स्वतन्त्र र निष्पक्ष अनुसन्धान गर्ने र निर्दोष कसैलाई दुःख दिने काम राज्यले गर्न नहुनेमा जोड दिनुभयो ।

भ्रष्टाचारविरुद्ध काठमाडौँमा खबरदारी सभा आयोजना गर्ने तयारी गरिरहेको माओवादी केन्द्रको ध्यान अहिले सरकारतिर नभएको पनि नेता श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘सरकारतिर हाम्रो आँखा छैन । आन्दोलन सरकार ढाल्न र अर्को सरकार बनाउन मात्रै हुँदैन, देश र जनताको समस्याका विषयमा सरकारलाई ध्यानाकर्षण गराउने, जनताको पक्षमा काम गराउन दबाब दिने उद्देश्यले सरकारका कमजोरीहरुविरुद्ध खबरदारी सभा आयोजना गरेका हौँ ।’’

यसैगरी, बाढी पहिरो र डुबानमा परेकाहरूको खोज, उद्धार, राहत र पुनर्स्थापनामा पनि सरकारले कुनै प्रभावकारी काम गर्न नसकेको उहाँको टिप्पणी थियो । ‘‘यत्रो बाढी, पहिरो, डुबानको स्थिति भयो । त्यसले ठुलो धनजनको क्षति पनि भयो । त्यसमा तत्काल उद्धार, राहत र पुनर्स्थापना, पुनर्निर्माणको योजना बनाउने काममा तदारुकता देखिएन । यो त सबै जनताले बुझेका छन् नि । त्यसकारण यो सरकारका बारेमा त्यति धेरै मेहनत गरेर समीक्षा गरिरहनुपर्ने अवस्था छैन भनेका हौँ ।’’ श्रेष्ठले भन्नुभयो ।

नेता श्रेष्ठ मोरङको सुन्दर हरैंचामा वाइसियल नेपालको जिल्ला कार्यालय उद्घाटन तथा जनसभालाई सम्बोधन गर्न आउनुभएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

सम्बन्धित

कोलम्बिया भर्सेस कंगो : पहिलो हाफ गोलरहित बराबरी

विश्वकप २०२६ : बराबरी अंकमा कसरी छुट्टिन्छ टोलीको भाग्य?

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

रास्वपा : न शुद्ध सामाजिक लोकतन्त्र हो, न उदार लोकतन्त्र, न दक्षिणपन्थी पपुलिज्म — ‘असुसंगठित मिश्रण’

रोनाल्डोको दुई गोल, पोर्चुगलको सहज जित, इंग्ल्यान्डलाई घानाको कडा चुनौती

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group