ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रतिपक्षले राष्ट्रिय एकता बिथोल्न खोजेको प्रधानमन्त्रीको आरोप


एबीसी न्यूज
७ कार्तिक २०८१, बुधबार   ५ : ०१   बजे

काठमाडौं ७ कात्तिक । कांग्रेस-एमाले गठबन्धन सरकार बनेको सय दिन पुगेको अवसरमा राष्ट्रका नाममा बुधबार सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओली विपक्षी दलप्रति आक्रामक रुपमा प्रस्तुत भएका छन् ।

 

विपक्षी दलले ‘सरकार सुशासन र समृद्धिमा असफल भएको’ भन्दै ज्ञापनपत्र बुझाएको दुई दिनपछि उनले सरकार बनेकै दिनदेखि असफल बनाउने उद्देश्यका साथ राष्ट्रिय एकता बिथोल्न खोजेको आरोप लगाएका हुन् ।

विपक्षी पाँच दलले बाढीपहिरो र डुबानपीडितलाई उद्धार, राहत र पुनःस्थापना गर्न असफल भएको, दल फुटाउन अध्यादेश ल्याउने तयारी गरेको, मुलुकमा सुशासन, भ्रष्टाचार नियन्त्रण गर्न असफल भएको १३ बुँदे ज्ञापनपत्रमा आरोप लगाएपछि ओली उनीहरुप्रति आक्रामक रुपमा प्रस्तुत भएका हुन् ।

सरकारले एक सय दिनमा गरेका उपलब्धिलाई सूचीबद्ध गरी सिंहदरवारबाट प्रस्तुत गर्ने क्रममा प्रधानमन्त्रीले विपक्षी दललाई सामाजिक सद्भाव बिथोल्न खोजेको गम्भीर आरोप लगाए । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकारले एक सय दिन पूरा नगर्दै संसदमा विशेष समय लिएर कडा आलोचना गरेको सन्दर्भ उल्लेख गर्दै देशमा साम्प्रदायिक विद्वेष खडा गर्ने प्रयास गरेको आरोप लगाएका थिए ।

‘म यहाँ एउटा तथ्य उल्लेख गर्न चाहन्छु– सरकारले १०० दिन पूरा गरेपछि होइन, सरकार बनेकै दिनदेखि विरोध सुरु गरियो । यसको कारण थियो– देशमा साम्प्रदायिक विद्वेष खडा गर्ने, अराजनीतिक बोली र व्यवहारबाट हाम्रो सभ्यता र संस्कृतिमाथि हमला गर्ने, चलिरहेका उद्योगहरु बन्द गराउने, पुँजी पलायन गराउँदै देशको अर्थतन्त्र र वाणिज्य क्षेत्रलाई तहसनहस पार्ने र नयाँ उद्योग स्थापना हुन नदिने प्रयास गरियो,’ ओलीले प्रतिपक्ष दलको नाम नलिई भने, ‘अहिले साम्प्रदायिक विद्वेष, घृणा र परस्पर बेमेलको वातावरण पैदा गरेर हाम्रो राष्ट्रिय एकतालाई बिथोल्ने र प्रतिगमनतर्फ लैजाने प्रयास पनि भइरहेको छ ।’

उनले प्रतिगमनतिर फर्काउने प्रयासलाई विफल पार्ने बताए । ‘तर नेपाल र नेपालीलाई प्रतिगमन कुनै हालतमा स्वीकार्य छैन । सरकारले लोकतन्त्रलाई सुदृढ गर्न बनेको संविधानको रक्षा गर्नेछ,’ उनले भने, ‘साम्प्रदायिक विद्वेष र घृणा होइन, सामाजिक न्याय र समानतामा आधारित सामाजिक सद्भावको बाटोबाट राष्ट्रिय एकता कायम गर्ने हाम्रो नीति दृढताका साथ कार्यान्वयन गर्नेछ । हाम्रा सुन्दर, शिष्ट र समृद्ध सामाजिक–सांस्कृतिक मूल्यहरुलाई कमजोर पार्ने प्रयत्नलाई असफल बनाउनेछ ।’

उनले प्रमुख दुई ठूला दल राजनीतिक स्थिरता र सुशासनमा प्रतिबद्ध भएको उल्लेख गर्दै अघिल्लो सरकारले बिथोलेको सामाजिक जीवनलाई सुसंस्कृत बनाउन आफ्नो सरकार लागिपरेको बताए ।

‘अफवाह, झुट, स्टन्ट र अराजकताले बिथोलेको सामाजिक जीवनलाई यथार्थमा आधारित, शान्त र सुसंस्कृत बनाउनु पर्छ,’ ओलीको भनाइ थियो, ‘संसदका प्रमुख दुई दल कांग्रेस र एमाले छन् । मैले सरकारको नेतृत्व गरेको छु । यी दुवै दल लोकतन्त्रका लागि लामो संघर्ष र योगदान गरेका तथा लामो इतिहास भएका दल हुन् । यी प्रतिस्पर्धी दल हुन्, तर राजनीतिक स्थिरता, विकास, सुशासन दुवै दलका साझा प्रतिबद्धता छन् ।’ उननले बिग्रिएको थितिलाई सही ठाउँमा ल्याउने दायित्व पनि आफ्नो भएको बताए ।

‘भ्रष्टाचारका कसुरमा फस्ने त्रास र त्यसबाट उम्किने आकांक्षा, भ्रष्ट र भ्रष्टाचारका मतियार जोगाउने उद्देश्यका साथ देशमा अस्थिरता र अराजकता फैलाउन खोज्ने तत्वहरु सक्रिय रहेको हामीले देखिरहेका छौं,’ उनले प्रतिपक्षको गठजोडलाई भ्रष्टको मोर्चाको संज्ञा दिंदै भने, ‘सरकारले विकास र सुशासनका लागि सही दिशामा काम अघि बढाएकाले भ्रष्टहरुको मोर्चा बन्नु बेग्लै कुरा हो ।’

प्रतिपक्ष माओवादी, रास्वपा, एकीकृत समाजवादी, राप्रपाले कांग्रेस(एमाले तानाशाही बाटोमा अघि बढेको भन्दै ज्ञापनपत्र बुझाएपछि ओली आक्रोशित भएका छन् ।

‘म प्रतिबद्धता दोहोर्‍याउन चाहन्छु– राष्ट्रियताको रक्षा, राष्ट्रिय हितको संरक्षण, सुशासन र विकासका काममा सरकारले कसैसँग कुनै सम्झौता गर्दैन,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेनेजुएलामा भूकम्पको विनाश: ९२० को मृत्यु, जीवितै उद्धारका लागि संघर्ष जारी

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

सम्बन्धित

फिफा विश्वकप २०२६ : अर्जेन्टिना अपराजित यात्रा कायम राख्ने लक्ष्यमा, पोर्चुगल–कोलम्बिया भिडन्तमा सबैको नजर

भेनेजुएलामा भूकम्पको विनाश: ९२० को मृत्यु, जीवितै उद्धारका लागि संघर्ष जारी

हर्मुजको जलडमरूमा फेरि तनाव: कार्गो जहाजमाथि हमलापछि अमेरिका र इरान आमनेसामने

मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको प्रतिवेदन

महँगोमा मल खरिदको सम्झौता, कृषि सामग्री कम्पनीभित्रै उठ्यो प्रश्न

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu