ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रवि लामिछानेसँग समयमै बयान नलिएर हिरासतको बसाइ लम्ब्याउन खोजेको रास्वपाको आरोप


एबीसी न्यूज
८ कार्तिक २०८१, बिहिबार   १२ : ४४   बजे

काठमाडौं ८ कात्तिक । रवि लामिछानेसँग समयमै बयान नलिएर सरकारले हिरासतको बसाइ लम्ब्याउन खोजेको आरोप रास्वपाले लगाएको छ।

रास्वपाका वरिष्ठ उपाध्यक्ष तथा सांसद डा स्वर्णिम वाग्लेले यस्तो आरोप लगाएका हुन्। सहकारी ठगी प्रकरणमा अनुसन्धानको लागि कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेको विषयमा आज कास्की जिल्ला अदालतमा म्याद थपबारे बहस हुँदै छ।

लामिछानेलाई म्याद थप गर्न अदालत लैजानुअघि वाग्लेले यस्तो बताएका हुन्। उनले अदालतको सम्मानमा आज पोखरामा हुने आन्दोलन शान्तिपूर्ण र सांकेतिक हुने पनि बताए।

 

वाग्लेले भने, ‘म्याद थपबारे बहस पनि हुँदै छ। त्यसको सम्मान गर्ने गरी कार्यक्रम गर्दै छौँ। हाम्रो कार्यक्रम हिजोअस्ति संयम र शान्तिपूर्ण नै थियो। तर, आज त्योभन्दा पनि पृथक र एकदम शान्तिपूर्ण हुन्छ। साथीहरुलाई आराम गर्न भनेका छौँ। महत्त्वपूर्ण पदाधिकारी र सांसदहरुको सांकेतिक प्रदर्शन हुन्छ। अन्य दलहरुको सकुर्लर छताछुल्ल भएका छन्। घुसपैठ गर्ने तयारी भएको छ।’

आजै सहकारी पीडितले पनि बिहान ११ बजे पोखराको मुस्ताङचोकमा प्रदर्शन गर्ने घोषणा गरेका छन्। सो प्रदर्शनलाई नेपाली कांग्रेस–एमालेले पनि समर्थन जनाएपछि रास्वपाले दलबलसहित सडकमा नउत्रने र सांसद तथा केन्द्रीय नेताहरु मात्र विरोधमा सहभागी हुने जानकारी दिएको हो।

वाग्लेले रविसँग बयान लिन आलटाल गरिएको र जबर्जस्ती म्याद थप गराएर थुनामै राख्ने प्रपञ्च भएको पनि जिकिर गरे।

‘हाम्रा सभापतिको गिरफ्तारी राजनीतिक प्रतिशोध थियो भन्ने प्रमाणित भएको छ। १२५ घण्टा उहाँलाई हिरासतमा राखिएको रहेछ। त्यसमध्ये ४(५ घण्टा मात्र बयान लिएको रहेछ। के उहाँलाई दालभात खुवाउनमात्र पोखरा ल्याइएको होरु पक्राउ गरेपछि के सोध्ने भन्ने थाहा थिएनरु यो राजनीतिक साँध्ने कार्य नै हो,’ उनले भने, ‘मानमर्दन गर्ने शैलीमा जसरी सरकार प्रस्तुत भएको छ, तेरो शेखी झार्छु भन्ने शैलीमा सरकार प्रस्तुत भएको छ, त्यो सभ्य भाषामा राजनीतिक प्रतिशोध नै हो।’

उनले जबर्जस्ती हस्तक्षेप गरेर, आलटाल गरेर, समय पुगेन भनेर राजनीतिक प्रतिशोध साँध्न खोजिएको आरोप लगाए। अहिलेको सरकारको ध्यान देशको समस्या समाधान गर्नेभन्दा पनि दलहरुलाई विभाजन गरी अझ कमजोर बनाउनेतर्फ रहेको तर्क उनले गरे।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती ः नेकपा नेता श्रेष्ठ, भिडियो

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

सम्बन्धित

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

रास्वपा महाधिवेशनमा कम सहभागिता : १३ सय ५२ प्रतिनिधिले मतदान गरेनन्, व्यवस्थापनमाथि प्रश्न

रास्वपा महाधिवेशनको दोस्रो चरण आज : उपसभापति, महामन्त्री र सहमहामन्त्री पदका लागि निर्वाचन हुँदै

विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश

रास्वपामा भद्रगोल : ‘नयाँ राजनीति’ को दाबीमाथि आफ्नै कार्यकर्ताको प्रश्न, मतदान प्रक्रियामै व्यापक असन्तुष्टि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group