ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रपति पुटिनले दुई वर्षपछि राष्ट्रसङ्घका महासचिवसँग भेट गर्ने


एबीसी न्यूज
८ कार्तिक २०८१, बिहिबार   २ : १८   बजे

काठमाडौं ८ कात्तिक । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार दुई वर्षभन्दा बढी समयमा पहिलोपटक संयुक्त राष्ट्रका प्रमुख एन्टोनियो गुटेरेससँग भेट गर्ने हुनुभएको छ ।

रुसी सहर कजानमा आयोजित ब्रिक्स सम्मेलनको अन्तिम दिन दुई पक्षबिच भेटवार्ता हुनेभएको हो । क्रेमलिनका अनुसार उहाँहरुले युक्रेन द्वन्द्वका साथै मध्यपूर्वमा बढ्दो सङ्कटबारे छलफल गर्ने अपेक्षा गरिएको छ ।

गुटेरेसले युक्रेनविरुद्ध मस्कोको सैन्य आक्रमणको बारम्बार आलोचना गर्दै यसले विश्वका लागि खतरनाक उदाहरण स्थापित गरेको बताउँदै आउनुभएको छ ।

गुटेरेस सन् २०२२ मा कियभलाई आफ्नो बन्दरगाहबाट सुरक्षित रूपमा अन्न निर्यात गर्न अनुमति दिने सम्झौताको मध्यस्थतामा मद्दत गर्दै दुई देशबीचको शान्ति प्रयासमा संलग्न हुनुभएको थियो । त्यसबेलादेखि दुई पक्षबीच थोरै मात्र प्रत्यक्ष कूटनीतिक सम्पर्क भएको छ ।

युक्रेनले पुटिनलाई भेट्ने संयुक्त राष्ट्रसङ्घका प्रमुखको निर्णयको कडा आलोचना गरेको छ ।

पुटिनले युक्रेनलाई युद्धविरामको पूर्व शर्तको रूपमा यसको दक्षिण र पूर्वमा आत्मसमर्पण गर्न माग गर्नुभएको छ जसलाई कियभले अनावश्यक शर्तको रुपमा अस्वीकार गरेको छ ।

गुटेरेसले कजानमा पुटिनलाई भेट्ने र सम्मेलनलाई सम्बोधन गर्ने योजना रहेको संयुक्त राष्ट्रले जनाएको छ ।

संयुक्त राष्ट्रसङ्घका प्रवक्ता फरहान हकले गुटेरेसले “युक्रेनमा युद्धमा आफ्नो चिरपरिचित स्थितिलाई पुनः पुष्टि गर्ने’’ बैठकको उदेश्य रहेको बताउनुभयो ।

गुटेरेसले मस्कोले युक्रेनी क्षेत्रको विलयको योजनाले गरिरहेको आक्रमणको आलोचना गर्दै यस्ता गतिविधिको संसारमा कुनै स्थान नभएको बताउनुभएको छ ।

त्यसैगरी, ब्रिक्स शिखर सम्मेलनमा सहभागी विश्व नेताहरूले युक्रेन द्वन्द्व अन्त्य गर्न आह्वान गरेका छन् । राससरएएफपी

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group