ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गृहमन्त्रीद्वारा कोरला नाकामा अध्यागमन कार्यालय उद्घाटन


एबीसी न्यूज
१४ कार्तिक २०८१, बुधबार   १२ : २४   बजे

काठमाडौं १४ कात्तिक । गृहमन्त्री रमेश लेखकले उपल्लो मुस्ताङको कोरला नाकामा स्थापना गरिएको अध्यागमन कार्यालयको बुधबार उद्घाटन गर्नुभएको छ ।

चीनसँग सीमाना जोडिएको मुस्ताङको लोमन्थाङ गाउँपालिका १, नेचुङमा पर्ने कोरला नाकाको दशगजा नजिक स्थापित अध्यागमन कार्यालय र सशस्त्र प्रहरी बलको ९बिओपी० भवन गृहमन्त्री लेखकले उद्घाटन गर्नुभएको हो ।

गृहमन्त्री लेखकले कार्यालय उद्घाटन गरेसँगै कोरलामा अध्यागमन कार्यालय सञ्चालमा आएको छ । कार्यालय उद्घाटन गर्नुहुँदै गृहमन्त्री लेखकले चीनसँग सीमाना जोडिएको कोरला नाकामा सरकारले पूर्वाधार निर्माणलाई प्रथामिकतामा राखेको बताउनुभयो ।

 

अध्यागमन कार्यालय सञ्चालनमा आएसँगै सरकारले नाकालाई पूर्ण रुपमा सञ्चालनमा ल्याउनका लागि आवश्यक पूर्वाधार निर्माणको प्रक्रिया अगाडी बढाइएको उहाँको भनाइ थियो । सरकारले कालिगण्डकी कोरिडोर सडकलाई पूर्णता दिन र कोरला नाकामा पूर्वाधार निर्माणलाई मुख्य प्राथमिकतामा राखेर काम गरिरहेको गृहमन्त्री लेखकले बताउनुभयो ।

अध्यागमन कार्यालय उद्घाटनमा गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्र पाण्डे पनि कोराला पुग्नुभएको छ ।

अध्यागमन कार्यालय सञ्चालनमा आएपछि नाकाबाट वारपार गर्न तथा व्यापारिक कारोबार सञ्चालन गर्न सहज हुने आशा गरिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले जानकारी दिनुभयो । अध्यागमन कार्यालय स्थापना भएसँगै सबै नेपाली भिसा लगाएर नाका वारपार गर्न पाउने बताउनुभयो ।

 

कोरलामा अध्यागमन र सुरक्षा पोष्ट रहने भवनमा केन्द्रीय विद्युतीकरण गरिएको छ भने नेपाल टेलिकमको उच्च गतिको इन्टरनेटसहित मोबाइल फोन सञ्चालनमा ल्याइएको छ । नाकामा चिनियाँ भन्सारको आमने–सामने निर्मित प्रिफ्याव प्रविधिको १० कोठे अध्यागमन तथा सुरक्षा पोष्ट भवन निर्माण गरिएको छ ।

नाकामा भन्सार कार्यालय,क्वारेन्टाइन लगायतका पूर्वाधार निर्माण गरी कोरला नाकाबाट नै एकिकृत सेवा दिने तयारी गरिएको प्रजिअ भुसालले बताउनुभयो । पूर्वाधार निर्माण गरेर नेचुङ भन्सार कार्यालयलाई पनि अध्यागमन कार्यालय सँगै राख्ने तयारी भएको प्रजिअ भुसालले जानकारी दिनुभयो ।

कोरनाका कारण चारवर्षदेखि बन्द रहेको उक्त नाका गत वर्षदेखि सञ्चालनमा आएको थियो । नेपाल–चीनबिचको २४ नम्बरको सीमास्तम्भ रहेको कोरला नाकाको नेपाल तर्फको भूभागमा अस्थायी संरचना निर्माण गरी नाका सञ्चालनमा ल्याइएको छ ।

समुद्र सतहदेखि चार हजार ६५० मिटर उचाइमा अवस्थित कोरोला नाकाबाट मुस्ताङवासीले मात्र जिल्ला प्रशासन कार्यालय मुस्ताङको पास लिएर सीमा वारपार गर्न छुट दिइएको छ । अध्यागमन कार्यालय स्थापना भएपछि सबै नेपालीले भिसा लिएर कोरला सीमा वारपार गर्न पाउने भएका छन् । यसअघि मुस्ताङका जनप्रतिनिधिहरुले नेपाल सरकारसँग अध्यागमन कार्यालय स्थापनाको माग गर्दै आएका थिए ।

 

नेचुङ सशस्त्र प्रहरी बलको ९बिओपी० भवन निर्माण भएको छ । जोमसोमबाट कोरला नाकासम्म दुई लेनको कच्ची सडक पुगेको छ । नाका सञ्चालन भएपछि मुुस्ताङका बासिन्दालाई दैनिक उपभोग्य, निर्माण सामग्री, लत्ताकपडालगायत सामग्री सस्तोमा आयात गर्दै आएकोमा अध्यागमन कार्यालय सञ्चालनमा आएपछि थप सहज हुनुका साथै सबै नेपालीहरुलाई नाका पार गरेर व्यावसायिक कारोबार गर्न सजिलो हुने लोमन्थाङ गाउँपालिकाका उपाध्यक्ष छयुमी बिष्ट गुरुङले बताउनुभयो ।

नाकापारी चिनियाँ पक्षले भने दशगजा छोडेर आधुनिक सूचना प्रविधि जडित भन्सार कार्यालयका अतिरिक्त क्वारेन्टाइन, एनिमल क्वारेन्टाइन, कर्मचारी आवास गृह, प्रयोगशाला, गोदाम घर, ट्रक तथा कन्टेनर पार्किङ र सुरक्षा प्रबन्धलगायतका पूर्वाधार निर्माण गरेको छ । कोरनाका कारण बन्द रहेको कोरला नाका अघिल्लो वर्षको कात्तिक २७ गतेदेखि सञ्चालनमा ल्याइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशनमा मतदान जारी

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

सम्बन्धित

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

रास्वपा महाधिवेशनमा मतदान जारी

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ब्राजिलसँग ३–० ले पराजित स्कटल्यान्ड संकटमा, विश्वकप यात्रामाथि गम्भीर प्रश्न

‘खराब मानिस’बाट ‘बुद्धिमान नेतृत्व’सम्म : ट्रम्प नेतृत्वको दक्षिणपन्थी राजनीतिले इरानप्रतिको दृष्टिकोण किन बदल्दैछ?

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group