ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारी स्वामित्वका दुई वटा सिमेन्ट उद्याेग बिजुलीको बक्यौता महसूल तिर्न तयार


एबीसी न्यूज
१४ कार्तिक २०८१, बुधबार   १२ : ४२   बजे

काठमाडौं १४ कात्तिक । सरकारी स्वामित्वका दुई सिमेन्ट उद्योग हेटौँडा सिमेन्ट र उदयपुर सिमेन्ट ट्रङ्क तथा डेडिकेटेड फिडरको बक्यौता महसूल तिर्न तयार भएका छन् । दुवै कम्पनीले नेपाल विद्युत् प्राधिकरणले निर्धारण गरेको प्रिमियम महसूलको बक्यौता किस्ताबन्दीमा तिर्न निवेदन दिएका हुन् ।

हेटौँडा सिमेन्टको ३३ करोड ८० लाख ८६ हजार र उदयपुर सिमेन्टको ४४ करोड ७४ हजार रुपैयाँ बक्यौता छ । उदयपुर सिमेन्टले सम्पूर्ण बक्यौता २८ किस्ताको सुविधाअनुसार पहिलो किस्ता तिरेको छ ।

त्यस्तै हेटौँडा सिमेन्ट उद्योगले प्रक्रिया अघि बढाएको छ । यी उद्योगको प्राधिकरणले लाइन काटेको थिएन । यसैबीच ४९ वटा उद्योगले प्रिमियमबापतको महसूल नतिरेकोमा पछिल्लो पटक १३ उद्योगले महसूल तिरेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले गएको असोज २४ गते ४९ उद्योगले तिर्नुपर्ने रकमसहितको सार्वजनिक सूचना निकालेर महसूल तिर्न आग्रह गरेको थियो ।

तोकिएको १५ दिनको अवधिमा कुनै पनि उद्योगले महसूल नतिरेपछि प्राधिकरणले गएको ८ गते लाइन काटेको थियो । त्यस दिन ३४ उद्योगको लाइन काटिएको थियो । उद्योगले महसूल भुक्तान गर्न आए तिहारको सार्वजनिक बिदामा समेत बक्यौता लिने र विद्युत् लाइन जोड्ने प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

टर्कीसँग पराजित भए पनि समूह विजेता बन्यो अमेरिका, इन्जुरी समयमा टर्कीको सान्त्वना जित

रास्वपाको महाधिवेशनबाट निर्वाचित ९९ सदस्ययहरुको मतसहितको आधिकारिक सूची, कसले कति मत पाए?

सम्बन्धित

टर्कीसँग पराजित भए पनि समूह विजेता बन्यो अमेरिका, इन्जुरी समयमा टर्कीको सान्त्वना जित

रास्वपाको महाधिवेशनबाट निर्वाचित ९९ सदस्ययहरुको मतसहितको आधिकारिक सूची, कसले कति मत पाए?

अमेरिकाविरुद्ध टर्कीको पुनरागमन, ओर्कुन कोकुको गोलमा २–१ को अग्रता

अमेरिका–टर्की खेलको रोमाञ्चक सुरुवात, पहिलो १० मिनेटमै १–१ को बराबरी

रोमाञ्चक बराबरीसँगै जापान र स्विडेन नकआउटमा, अब ब्राजिलसँग जापानको महाभिडन्त

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu