ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिके राउतको प्रस्ताव- देशमा नौलो गणतन्त्र आवश्यक छ, प्रत्यक्ष निर्वाचित कार्यकारी गरौँ


एबीसी न्यूज
१४ कार्तिक २०८१, बुधबार   १ : ०२   बजे

काठमाडौं १४ कात्तिक । जनमत पार्टी नेपालका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य डा. सिके रावतले देशमा नौला गणतन्त्र आवश्यक रहको भन्दै शासन व्यवस्थाको विषयमा छलफल गर्नु पर्ने बेला आएको बताएका छन् ।

घोडाघोडी बहुमुखी क्याम्पसले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका विषयमा नयाँ खाका प्रस्तुत गरेका थिए ।

‘पार्टीको ह्विप नलाग्ने व्यवस्थाको माग गरेका छौँ उनले भने, ‘कार्यपालिमा घुमिफिरी यिनै तीन चार जना प्रधानमन्त्री बन्छन्, यिनै मन्त्री बन्छन् यसरी देश अगाडि बढ्न सक्दैन , जनताको माग मुद्दा सम्बोधन भइरहेको छैन ।

उनले व्यवस्थापिकामा ह्विप जारी नहुने त्यहाँबाट मन्त्री पनि बन्न नपाउने व्यवस्थाको आवश्यकता रहेको बताएका थिए ।उनले सङ्घ र प्रदेश दुबैमा प्रत्यक्ष निर्वाचित कार्यकारी हुँदा स्थिर सरकार बन्ने दाबी गरे ।

उनले भने, ‘प्रत्यक्ष निर्वाचित कार्यकारी ल्याऊँ, प्रदेशमा पनि त्यहि गरौँ । प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री हुँदा कसैले पाँच बर्ष हल्लाउन सक्दैन । स्थानीय तहका जनप्रतिनिधिहरूलाई ढुक्क छ प्रदेश र सङ्घमा पनि त्यस्तै गरायौँ भने देश विकास हुन्छ ।’

संवैधानिक निकायमा हुने नियुक्तिका विषयमा पनि गम्भीर हुनुपर्ने अवस्था रहेको उनले बताएका थिए ।

‘न्यायपालिका स्वतन्त्र हुनुपर्छ । अन्य संवैधानिक निकाय प्रमुखमा पनि जनताले निर्वाचित गर्ने व्यवस्था गर्नु पर्छ । जनतासँग जिम्मेवार हुन्छन् त्यसो हुँदा जो कोहीको फायल खोल्न सक्छन्’, उनले भनेका थिए ।

आर्थिक नीतिमा पनि पुनर्विचार गर्नुपर्ने अवस्था रहेको उनले बताए ।

‘सरकारी विद्यालय अस्पताल राम्रा भएका छैनन् । यो कुराले गर्दा जनताले दुख पाएका छन् । लगानी मैत्री वातावरण बनाउनु पर्छ यसले देशको विकास हुन्छ’, उनले भने ।

मधेश प्रदेशमा अहिले आफ्नो पार्टीले नेतृत्व पाएपछि केही सुधारका सङ्केतहरू देखिएको उनले बताएका थिए ।
‘मधेश सरकारको प्राथमिकतामा शिक्षा रहेको छ। सबैभन्दा धरै गरिबी रहेको छ । यो बिचमा अझै धेरै गर्नु छ’ उनले भने, ‘ प्रदेश साक्षरता कार्यक्रम ल्याएका छौँ । त्यसले प्रदेशको शिक्षामा सुधार गर्ने छ ।’

डा। रावतसँग शिक्षा नीति र वर्तमान अवस्थाबारे स्थानीयले अन्तरक्रिया समेत गरेका थिए ।

कार्यक्रममा उपस्थित नागरिक उन्मुक्ति पार्टीका सांसद गङ्गा चौधरीले आफूले आफ्नो निर्वाचन क्षेत्रको विकासमा जोड दिएको बताएका थिए ।

त्यस्तै, कार्यक्रममा सहभागी अन्य वक्ताहरूले पनि मुलुकको शिक्षा अवस्था दयनीय बन्दै गइरहेको भन्दै युवा पलायन रोक्न सरकारले ठोस कमल चाल्न आवश्यक रहेको बताएका थिए

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group