ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्थायित्वका लागि हामीले निर्वाचन प्रणाली फेर्नुपर्ने हुन्छ – अध्यक्ष राउत


एबीसी न्यूज
२९ कार्तिक २०८१, बिहिबार   १२ : २१   बजे

काठमाडौं २९ कात्तिक । जनमत पार्टीका अध्यक्ष एंव प्रतिनिधिसभा सदस्य सीके राउतले मुलुकमा स्थायीयत्वको लागि निर्वाचन प्रणाली फेर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।

कान्तिपुर मिडिया ग्रुपले काठमाडौंमा आयोजना गरेको कान्तिपुर कन्क्लेभ–२०२४ मा राउतले उक्त भनाइ राखेका हुन् ।

‘स्थायित्वका लागि हामीले निर्वाचन प्रणाली फेर्नुपर्ने हुन्छ । सम्भवः समानुपातिक प्रणाली नै खारेजसम्म गर्न सक्नुपर्छ कि भनेर आभास व्यक्तिहरूबाट आएको छ,’ कन्क्लेभको दोस्रो दिन बिहीबार आयोजित पहिलो सत्र ‘निर्वाचनमा सुधार स् नीति कि प्रवृत्ति रु’ विषयक अन्तक्रिया कार्यक्रममा उनले भने, ‘नेपालमा दुई दलीय व्यवस्था आवश्यक छ कि भन्ने भाष्य सिर्जना भइरहेको छ ।’ साथै उनले नेपाल विधिताले भरिएको राष्ट्र रहेकाले स्थायित्वका लागि समानुपातिक प्रणाली आवश्यक रहेको उल्लेख गरेका छन् ।

‘समानुपातिक प्रणाली नेपालमा निकै आवश्यक रहेको म ठान्दछु,’ राउतले भने, ‘नेपाल भनेकै एक विधितापूण देश हो । करिब सवा सयभन्दा बढी भाषा, समुदाय रहेको देश हो ।’

यसैगरी पछिल्लो समयमा नेपालमा राजनीतिक स्थायित्वका लागि दुई दलीय प्रणालीको विषय उठिरहेकाले यसमा उनले उक्त प्रणाली लागू गर्न खोज्नु खतरनाक भएको समेत संकेत दिएका छन् ।

‘यदि स्थायित्व जरूरी छ भने त्यसको लागि समावेशीतालाई त्याग गर्ने गरी नै आवश्यक छ भने राजा महेन्द्रको कालमा स्थायित्व थियो कि थिएन रु राजा वीरेन्द्रको कालमा स्थायित्व थियो कि थिएन रु,’ उनले भने, ‘हामी त्यही स्थायित्वको पुनः खोजी गर्दैछौं कि रु र जुन दुई दलीय प्रणालीको कुरा गर्दैछौं डोमिनेन्ट रूपमा त्यसलाई ल्याउने कुरा गर्दैछौं त्यो भन्नु भनेकै राजा महेन्द्रको एउटै भाषा एउटै भेष नीति थियो त्यो भन्दा खटतरनाक जस्तो मलाई लाग्छ ।’

 

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नागपञ्चमीमा पशुपति, नागपोखरी र टौदहमा भक्तजनको घुइँचो

रुस–युक्रेन युद्धमा बढ्दो हवाई आक्रमण, ड्रोन र क्षेप्यास्त्रबाट बढ्यो तनाव

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu