ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वैदेशिक लगानी प्रवद्र्धनका लागि नेपाली राजदुतहरुले अग्रसरता लिनुपर्छ – अध्यक्ष ढकाल


एबीसी न्यूज
२९ कार्तिक २०८१, बिहिबार   १२ : ४५   बजे

काठमाडौं २९ कात्तिक । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा वैदेशिक लगानी, पर्यटन तथा निर्यात प्रवद्र्धन नेपाली राजदुतहरुले अग्रसरता लिनुपर्ने बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघले विभिन्न १७ मुलुकका लागि नवनियुक्त नेपाली राजदुत र तीन महावाणिज्यदुतहरुसँग आयोजना गरेको अन्तरक्रियामा यस्तो बताएका हुन् ।

उनले राजदुतहरुलाई नेपालमा वैदेशिक लगानी, पर्यटन तथा निर्यात प्रवद्र्धन महासंघले सहयोग गर्ने बताए । उनले महासंघले विदेशी लगानी सहायता कक्ष नै स्थापना गरी लगानी प्रवद्र्धनका लागि लगानीकर्ता र सरकारबीच पुलको काम गर्न खोजिरहेको बताए । उनले महासंघको संयन्त्रलाई भरपुर उपयोग गरी आर्थिक कुटनीति बिस्तार गर्न राजदुतहरुलाई आग्रह गरे ।

उनले राजदुतहरुले वैदेशिक लगानी मुलुकमा भित्र्याउनको लागि अग्रसरता लिइदिनुपर्ने बताए । उनले नेपालमा लगानीको वातावरण बन्दै गएपनि लगानी प्रोत्साहित हुन नसकेको भन्दै नवनियुक्त राजदुतहरुले आर्थिक कुटनीतिलाई कार्य सम्पादनको मानकका रुपमा मानेर काम गर्नुपर्ने बताए ।

उनले महासंघको विश्वभर करिव ५० निजी क्षेत्रका प्रतिनिधमुलक संस्था एवं चेम्बरहरुसँग सहकार्य गरिरहेको बताउनु भयो । उहाँले वैदेशिक सदस्यता पनि दिने गरेको उल्लेख गर्दै विदेशी कम्पनी एवं संस्थालाई महासंघको सदस्य बन्न प्रोत्साहित गर्न सकिने धारणा पनि राखे ।

उनले भने, ‘नेपालको आर्थिक कुटनीति धेरै मुलुकको प्राथमिकतामा परेको छ । धेरै देशहरुमा राजदूत र महावाणिज्यदुतहरुको काम त्यो मुलुकबाट निर्यात गर्नुपर्ने वा आयात गर्नुपर्ने,उद्योगमा लगानी ल्याउनुपर्ने वा वैदेशीक व्यापार प्रवद्र्धनको काम गर्नुपर्ने आवश्यकतालाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने र त्यही अनुसार मूल्याङ्कन गर्ने गरेको छ ।

नेपालमा पनि यो काम शुरु भइसहेको छ । परराष्ट्र मन्त्रीले पनि हरेक अन्तर्राष्ट्रिय फोरमहरुमा नेपालको आर्थिक कुटनीतिको विषयमा कुरा राख्नुभएको छ । अहिले नेपालको परिपे्रक्ष्यमा हेर्दा राजदुतहरुले आर्थिक कुटनीतिमा पर्यटन कुटनीति,रोजगार,जलविद्युत,मुलुकभित्र वैदेशिक लगानी भित्र्याउने र संस्कृति भित्र्याउने हिसावले राजदुतहरु जुन देशमा जानुहुन्छ ।

त्यहाँ आर्थिक कुटनीतिको विषयलाई परिचालन गर्नुपर्ने हो । त्यसमा नेपाल उद्योग वाणिज्य महासंघ राजदुतहरुसँग सहकार्य गर्ने विश्वास लिएका छौं ।’

नेपालले सामना गरिरहेको आर्थिक चुनौतीहरूको सन्दर्भमा अध्यक्ष ढकालले माग नियन्त्रणका लागि गरिएको विभिन्न नीतिगत उपायले नकारात्मक असर पारेको बताए ।

ढकालले पछिल्ला दुई वर्षमा विदेशी लगानी बार्षिक ७ देखि ९ अर्ब रुपैयाँ वार्षिक मात्रामा सिमित भएको बताए । उनले नेपालमा लगानीकर्ता आकर्षित गर्न सकिने बताए । उनले नेपाली नियोग र महासंघ मिलेर लगानी प्रवद्र्धनका विविध कार्यक्रम आयोजना गर्न सकिनेतर्फ पनि अध्यक्ष ढकालले ध्यानाकर्षण गराए ।

अन्तरक्रियामा सहभागि नवनियुक्त राजदुतहरुले स्तरोन्नतिबाट न्युन प्रभाव पर्ने गरी काम गर्न आवश्यक रहेको बताए । यसैगरि निजी क्षेत्रको विश्वास आर्जन हुनसके विदेशी लगानी आकर्षित हुने भन्दै सहकार्य गरिने बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group