ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालको स्कटल्यान्डलाई १५० रनको लक्ष्य, पारसको सर्वाधिक ६३ रन


admin
२४ फाल्गुन २०७४, बिहिबार   ४ : ५५   बजे

काठमाडौं, २४ फागुन । जिम्बावेमा जारी आईसिसी एकदिवशीय विश्वकप अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले स्कटल्यान्डलाई १५० रनको लक्ष्य दिएको छ।

टस जितर पहिला ब्याटिङ गरेको नेपालले‌ ४७ ओभर चार बलमा सबै विकेट गुमाएर १४९ रन जोड्यो। नेपालको पालीमा कप्तान पारस खड्काले ६३ रन बनाए। बसन्त रेग्मीले अविजित २४ , सोमपाल कामीले १८ र रोहित पौडेलले १५ रन बनाए।

उपकप्तान ज्ञानेन्द्र मल्ल एक, दीपेन्द्र सिंह एेरी एक र दीलिप नाथ चार रनमा आउट भए। शरद भेषावकरले खाता खोल्न सकेनन्। आरिफ शेख दुई रनमा पवेलियन फर्किए।

३९ रनमा पाँच विकेट गुमाएको नेपालका लागि पारसले सोमपाल कामीसँग मिलेर छैटौं विकेटका लागि ४२ रनको साझेदारी गरे। सोमपाल छैटौं विकेटका रुपमा रन आउटको शिकार भए। नेपालले नवौं विकेटका लागि २६ रनको साझेदारी गरेको थियो। सन्दीप लामिछानेले नवौं विकेटका रुपमा ६ रनमा आउट भएका थिए।

यसअघिका खेलमा टस जितेपछि प्राय पहिला फिल्डिङ गर्ने गरेको नेपालले यसपटक भने ब्याटिङ गर्ने निर्णय गर्‍यो। तर नेपाल सुरुवातदेखि नै दबाबमा रह्यो।

नेपालले दोस्रो ओभरको पहिलो बलमा ज्ञानेन्द्रलाई गुमायो। अर्का ओपनर दिलिप नाथ चार रनमा आउट भए।

नेपालले ११ रन जोड्दा दोस्रो विकेट गुमाएको हो। नेपालले १४ रनको स्थीतिमा पाँचौं ओभरको पहिलो बलमा दीपेन्द्रलाई गुमायो। लगत्तै अर्को बलमा शरद आउट भए। नेपालले ३९ रन जोड्दा पाँचौं विकेट गुमाएको थियो।

पारसले ७५ बलमा १० चौका प्रहार गरे। उनले लिस्ट ए क्रिकेटमा एक हजार रन पुरा गर्दै यो सफलता हात पार्ने पहिलो नेपाली ब्याट्सम्यान बनेका छन्।

यसअघि नेपालले पहिलो खेलमा जिम्बावेसँग एक सय १६ रनको पराजय ब्यहोरेको थियो। नेपालले यसअघि स्कटल्यान्डसँग तीन पटक प्रतिस्पर्धा गरेकामा सबैमा पराजित भएको थियो।

सुपर सिक्स पुग्ने सम्भावना कायम राख्न नेपाल जित्नैपर्ने दबाबमा छ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group