ABC NEWS NEPAL | No.1 News channel of Nepal
२८ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्रीको भ्रमणले नेपाल–चीन सम्बन्ध थप उचाइमा पुग्ने विश्वास


एबीसी न्यूज
६ मंसिर २०८१, बिहिबार   २ : १३   बजे

काठमाडौं ६ मंसिर । नेपाल र चीनका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणले दुई देशको आपसी सम्बन्ध र सहकार्यलाई थप उचाइमा पुर्‍याउने विश्वास व्यक्त गर्नुभएको छ ।

चीनको राजधानी बेइजिङमा आयोजित औपचारिक कार्यक्रममा चिनियाँ कम्युनिष्ट पार्टी र नेकपा एमाले का नेताहरुले सो विश्वास व्यक्त गर्नुभएको हो । बेइजिङमा सम्पन्न दुईपक्षीय भेटवार्तामा नेकपा ९एमाले० का वरिष्ठ उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री ईश्वर पोखरेलले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीको भ्रमणले दुई देशको सम्बन्धलाई थप मजबुत बनाउने बताउनुभयो ।

उक्त भ्रमणमा नेपाल र चीनविच भएका पुराना सम्झौताहरुको कार्यान्वयनका लागि ठोस योजना बन्ने र आपसी सम्बन्धलाई अझ उचाइमा पुर्‍याउन नयाँ समझदारी हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

चिनिया कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख मन्त्री लिउ चियानछाओले नेपालका प्रधानमन्त्री ओलीको आसन्न चीन भ्रमणबाट चिनिया र नेपाली जनताले ठुलो अपेक्षा गरेको बताउँदै दुई देश र पार्टीबिचको सम्बन्धलाई अझ प्रगाढ बनाउनेबारे छलफल हुने अपेक्षा गर्नुभयो ।

त्यसअघि विदेश विभागका उपमन्त्री सन हाईयानले दुई देशहरु एकअर्काका अनुभवबाट सिक्दै, सहयोग गर्दै अघि बढ्ने बताउनुभयो । विभागका डाइरेक्टर जनरल फङ सिउपिनले प्रधानमन्त्री ओलीको भ्रमणअघि आएको नेपाली टोलीका कारण भ्रमणलाई सफल पार्न र तयारीबारे छलफल गर्न सहज भएको बताउनुभयो ।

 

एमालेका बरिष्ठ उपाध्यक्ष पोखरेल नेतृत्वको उच्चस्तरीय टोली अहिले चीन भ्रमणमा छ । यसअघि नेपाली टोली र चिनिया कम्युनिष्ट पार्टी स्कूल विभागविच अन्तरक्रिया भएको थियो । नेपाली टोली चीनका विभिन्न स्थानमा आयोजित विभिन्न कार्यक्रममा सहभागी भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेरी नदीमा खसेको जिपसहित दुई यात्रु बेपत्ता

रोल्पा पहिरो: मृत्यु हुनेको संख्या १० पुग्यो, तीन अझै बेपत्ता

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu