ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सहकारी ठगीमा रविको संलग्नताबारे नयाँ प्रमाण ‘ हस्ताक्षर गरेको चेक’ भेटिएको दाबी


एबीसी न्यूज
९ मंसिर २०८१, आइतबार   ६ : २६   बजे

काठमाडौं ९ मंसिर ।   सहकारीको रकम अपचलनको आरोपमा अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न कास्की जिल्ला अदालतले अनुमति दिएको छ।

अदालतले अनुसन्धानका लागि हिरासतमा राख्न दिएको म्याद सकिएपछि आइतबार उनलाई अदालतमा पेस गरिएको थियो। न्यायाधीश भीमलाल बेलबासेले इजलासले उनलाई अनुसन्धानका लागि थप १५ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ।

यस अगाडि अदालतले कात्तिक २५ मा प्रहरीलाई १३ दिनको म्याद दिएको थियो। सो म्याद आइतबार सकिएपछि प्रहरीले अनुसन्धान बाँकी नै रहेको भन्दै थप म्याद मागेको थियो।

स्रोतका अनुसार सरकारी पक्षले अदालतमा रवि लामिछानेको हस्ताक्षरसहितको चेक सहकारीलाई बुझाएको लगायतका महत्पूर्ण प्रमाणहरू फेला परेको र सहकारीको रकम अपचलनबारे थप प्रमाण सङ्कलनको चरणमै रहेको जिकिर गर्दै उनलाई थप हिरासतमा राख्ने अनुमति मागेको थियो।

कास्की प्रहरी स्रोतका अनुसार सुर्यदर्शन सहकारी र बुटवलको सुप्रिम सहकारीको अनुसन्धान गर्नेक्रममा ती दुबै सहकारीलाई लामिछानेको हस्ताक्षर रहेको चेक बुझाएको र त्यसको प्रतिलिपी फेला परेको  बतायो।

चेकको प्रतिलिपी देखाएपछि उहाँ गल्नु भयो। अहिले चेक आफूले नकाटेको दाबी गरिरहनुभएको छ। तर हस्ताक्षरको परिक्षणमा उहाँकै रहेको खुलेकाले यो अहिलेसम्मको सबैभन्दा बलियो प्रमाण बनेको छ , स्रोतले  भन्यो।

जिल्ला न्यायाधीवक्ताको कार्यालयको तर्फबाट गरेको जिकिर मान्दै इजलासले पनि थप १५ दिन हिरासतमा राख्न अनुमति दियो।

रवि पोखराको सुर्यदर्शन सहकारीमा रहेको बचतकर्ताहरूको रकम दुरुपयोग गरेको आरोपमा कात्तिक दुई गते काठमाडौँमा पक्राउ परेका थिए।

उनी पक्राउ परेर हिरासतमा रहेको एक महिना ६ दिन पुगिसकेको छ। उनीमाथि सुर्यदर्शनसहित बुटवलको सुप्रिम, चितवनको सहारा र काठमाडौँको स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनबारे समेत अनुसन्धान भइरहेको छ।

बुटवल लगेर सुप्रिम सहकारीको रकम दुरुपयोगबारे उनको बयान भइसकेको छ। बुटवलको बयान सकिएपछि पुन पोखरा फर्काइएका उनी विरुद्ध चितवन र काठमाडौँमा समेत पक्राउ पुर्जी जारी भइसकेको छ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

सम्बन्धित

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

कोलम्बिया भर्सेस कंगो : पहिलो हाफ गोलरहित बराबरी

विश्वकप २०२६ : बराबरी अंकमा कसरी छुट्टिन्छ टोलीको भाग्य?

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

रास्वपा : न शुद्ध सामाजिक लोकतन्त्र हो, न उदार लोकतन्त्र, न दक्षिणपन्थी पपुलिज्म — ‘असुसंगठित मिश्रण’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group