ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सहकारी ठगी प्रकरणमा रवि निर्दोष प्रमाणित भए भने नेपालमा भ्रष्टाचार लिगल हुन्छ- मुकुल ढकाल


एबीसी न्यूज
१० मंसिर २०८१, सोमबार   १२ : २५   बजे

काठमाडौं १० मंसिर ।   राष्ट्रिय स्वतन्त्र पार्टीका निश्काशित महामन्त्री डा. मुकुल ढकालले सहकारी ठगी प्रकरणमा रवि लामिछाने निर्दोष प्रमाणित भएमा नेपालमा भ्रष्टाचार लिगल हुने टिप्पणी गरेका छन् । हिजो आइतबार प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले सहकारी ठगी प्रकरणमा लामिछाने निर्दोष सावित हुने आधार नै नरहेको बताएका हुन् ।
‘यदि रवि लामिछाने निर्दोष प्रमाणित भएभने यो देशमा भ्रष्टाचार भन्ने कुरा लिगल हुन्छ ।

भ्रष्टाचारविरुद्धको जो असल अभियन्ता हुनुहुन्छ, उहाँहरुले यो देशमा भ्रष्टाचार सखाप पार्ने हो भने रवि लामिछानेमाथि लागेको जुन दोष छ, यो लगभग दोषी हुने नै देखिन्छ । तर, यो कुरा वकिलहरुले बहस गर्ने कुरा हो ।’ निश्काशित महामन्त्री ढकालले भने, ‘सम्मानित सर्वोच्च अदालतको फैसलालाई म पूर्ण रुपमा सम्मान गर्छु । तर, मेरो एउटा प्रश्न रहन्छ– घुस्याहा कर्मचारीहरुले आफ्नो श्रीमती वा श्रीमानको नाममा कम्पनी खोलेर घुस त्यसमा पठाउन लगाएर कसले हाल्दियो पैसा, मलाई थाहा छैन भनेर भन्यो भने चाहीँ के भन्ने मेरो प्रश्न रहन्छ । सम्मानित न्यायाधीशहरुलाई सोध्न मिल्छ भने त्यो बेला म सोधौंला ।’

साथै, लामिछानेले मनलाग्दी रुपमा अमेरिकी र नेपाली पासपोर्ट प्रयोग गरेको उनले दाबी गरे । आफूसँग रहेको प्रमाण सार्वजनिक गरे । लामिछानेलाई आफूबाहेक कसैले पनि नचिन्ने दाबी गर्दै उनले उनको आत्मविश्वास सकिइसकेको बताए । लामिछाने बाघ नभएर अहिले विरालोजस्तो भइरहेको उनको टिप्पणी छ । राष्ट्रिय राजनीतिमा रवि लामिछानेको च्याप्टर नै क्लोज भइसकेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group