ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बीआरआई हुन्न भन्न थाल्यौं भने चीन बिच्किन सक्छ – डा. भट्टराई


एबीसी न्यूज
१० मंसिर २०८१, सोमबार   ८ : ४०   बजे

काठमाडौं १० मंसिर । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी नयाँ शक्ति का संयोजक डा. बाबुराम भट्टराईले बीआरआई परियोजनालाई अस्वीकार गर्न नहुने बताएका छन् । सोमबार गृह जिल्लामा पत्रकारसँगको भेटमा उनले राष्ट्रिय हितमा हुने गरी बीआरआई सम्झौता गर्नुपर्ने बताए ।

‘बीआरआईमा अनुदान, ऋण, लगानी, व्यापार र अन्य कुरा पनि छन्,’ उनले भने, ‘त्यसमा हाम्रो प्राथमिकता के हो त्यो विषयको आधारमा छनोट गरेर भन्ने हो । पहिले नै तर्सिएर लिँदै लिन्नौं, हुँदै हुन्न भन्नु सही हुँदैन भन्ने मेरो भनाइ हो ।’

अहिलेको गठबन्धनको सरकारमा रहेका दलहरू मिलेर यसबारे साझा धारणा बनाउन उनले सुझाव दिए ।

बीआरआईलाई अस्वीकार गरेर चीनलाई चिड्याउन नहुने धारणा उनले राखे । उनले भने, ‘चीनजस्तो उदीयमान शक्ति हाम्रो छिमेकी शक्ति पनि हो । त्यसलाई चिड्याउने गरी हामी प्रस्तुत भयौं भने राष्ट्रिय हित गर्दैन । झुक्न हुँदैन, पतित हुने गरी सम्झौता गर्नु हुँदैन । तर, बीआरआई नै लिन हुन्न त्यसलाई सम्झौता गर्नु हुन्न भन्ने तिर गयौं भने चीन पनि बिच्किने सम्भावना हुन्छ, त्यो हाम्रो हितमा हुँदैन ।’

भारत चीन र अमेरिकासँग मित्रवत सम्बन्ध सन्तुलन गरेर राख्न पनि उनले सुझाव दिए । ‘चीनसँग सम्बन्ध राख्दा भारतसँग बिगार्ने भनेको होइन, भारतसँग राख्दा अमेरिकासँग बिगार्ने भनेको होइन । सबैसँग सन्तुलित रूपमा सम्बन्ध राख्न ध्यान दिनुपर्छ भन्ने हो,’ उनले भने ।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सनातन धर्मलाई राष्ट्रिय पहिचानका रूपमा अघि बढाउने कांग्रेस इतर समूहको प्रतिबद्धता

कपिलवस्तुमा तीन घण्टामै ६२.२ मिलिमिटर वर्षा, विभिन्न प्रदेशमा वर्षा जारी

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu