ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बीआरआई परियोजनालाई सरकारले ऋणको रुपमा ग्रहण गर्दैन – सञ्चारमन्त्री


एबीसी न्यूज
११ मंसिर २०८१, मंगलबार   ३ : ४१   बजे

काठमाडौं ११ मंसिर । नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले बेल्ट एन्ड रोड इनिसियटिभ बीआरआई परियोजनालाई सरकारले ऋणको रुपमा ग्रहण नगर्ने बताए ।

 

मंगलबार काभ्रेको धुलिखेलमा आयोजित एक कार्यक्रममा मन्त्री गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणलाई इंगित गर्दै बीआरआई परियोजनालाई ऋणको रुपमा ग्रहण नगरिने बताएका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘हामी अनुदान लिनको लागि तयार छौं, तर ऋण कुनै पनि हालतमा लिदैनौं, बीआरआई परियोजनालाई पनि सरकारले कुनै पनि हालतमा ऋणको रुपमा ग्रहण गर्दैन ।’ उनका अनुसार प्रधानमन्त्रीको चीन भ्रमणमा पनि बीआरआई परियोजनाका नाममा ऋण लिने सम्झौता हुँदैन । सरकारले अनुदानको मात्रै सम्झौता गर्छ । ‘ऋण पायो भन्दैमा सरकारले जहाँ पायो त्यहीँ हात थाप्ने काम गर्दैन,’ उनले भने, ‘सरकारले देशको हितको लागि, जनताको हितको लागि सुशासन कायम गर्ने काममा अनुदानका विषयमा मात्रै सम्झौता गर्दै आएको छ ।’

कार्यक्रममा उनले प्रेस स्वतन्त्रताको उजागार गर्नुपर्ने बताउँदै भने, ‘पत्रकार स्वतन्त्रताको पक्षमा सरकारको साथ रही रहनेछ, जनतालाई सूचनाको हकको सुनिश्चित गराउनुपर्छ, तर त्यसको पनि आफ्नो सीमा, मर्यादामा रहेर गर्नुपर्छ, सञ्चार माध्यमबाट सम्प्रेषण हुने सामाग्रीले समाजमा विकृति फैलाउने, समाज–समुदायमा द्वन्द्व, विवाद सिर्जना गर्ने जस्ता काम गर्नु भने भएन, त्यस प्रकारका सञ्चार माध्यमलाई नियमन गराउन जरुरी छ ।’

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group