ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कम्बोडिया काण्डसँग ओलीको कहीँ न कहीँ निकटता छ, कठघरामा उभ्याउनुपर्छ- माओवादी नेता दाहाल


एबीसी न्यूज
१३ मंसिर २०८१, बिहिबार   ११ : ४३   बजे

काठमाडौं १३ मंसिर ।  नेकपा माओवादी केन्द्र का नेता एवं प्रतिनिधि सभा सदस्य लेखनाथ दाहालले कम्बोडिया काण्डबारे विषय उठान भइसकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीमाथि छानविन हुनुपर्ने बताएका छन् । आज ९बुधबार० रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री ओलीमाथि प्रश्न उठिसकेपछि छानविनको दायरामा ल्याउनैपर्ने बताएका हुन् ।

नेता दाहालले ओलीविरुद्ध आरोप लगाउने मेडिकल व्यसायीलाई पक्रिएर प्रहरीले अनुसन्धान नै नगरी भिडिओ फेक रहेछ भनी अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाए । उनले अनुसन्धान नै नगरी उक्त भिडिओ फेक रहेछ भन्न प्रहरीले नमिल्ने बताए । एनसेल एजियटा ९एनसेल० प्रकरणमा प्रधानमन्त्री ओलीको कहीँ न कहीँ निकटता रहेको उनको दाबी छ ।

‘केपी ओलीज्यू प्रधानमन्त्री पनि हो, उहाँ नागरिक पनि हो । विषय उठान भइसकेपछि अब अनुसन्धान हुनुपर्यो । सक्कली हो वा नक्कली हो रु सीआईबीले छानविन गर्नुपरेन रु सिधै नक्कली हो भन्दिने रु नक्कली हुनसक्छ, अथवा सक्कली पनि हुनसक्छ नि त रु अनुसन्धान प्रक्रियामा नलगी आरोपितलाई जेल हाल्ने, निरङ्कुश शैलीमा नक्कली थियो भन्नुले त्यहाँ पनि समस्या छ भन्ने बुझ्नुपर्छ । कानुनको कठघरामा त उभिनै पर्छ । एनसेल प्रकरणमा कहीँ न कहीँ उहाँको निकटता छ । विचौलियासँग उहाँको गरिरो प्रेम छ, सम्बन्ध छ भन्ने कुरा हिल्टन होटलका मालिकदेखि विद्युत बक्यौता नतिर्नेहरु र लिलाबल्लभ अधिकारीको उन्मुक्तिसम्म आउँदा आरोप लगाउन र आशंका व्यक्त गर्न सकिन्छ,’– नेता दाहालले भने ।

विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईँले प्रधानमन्त्री ओलीको कम्बोडियाको एजियटा कम्पनीमा २१ करोड अमेरिकी डलर लगानी रहेको आरोप लगाउँदै भिडिओ सार्वजनिक गरेका थिए । नक्कली कागजात खडा गरी भिडिओ बनाएको आरोपमा पक्राउ परेका प्रसाईँ अहिले प्रहरी हिरासतमा छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेनेजुएलामा भूकम्पको विनाश: ९२० को मृत्यु, जीवितै उद्धारका लागि संघर्ष जारी

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

सम्बन्धित

भेनेजुएलामा भूकम्पको विनाश: ९२० को मृत्यु, जीवितै उद्धारका लागि संघर्ष जारी

हर्मुजको जलडमरूमा फेरि तनाव: कार्गो जहाजमाथि हमलापछि अमेरिका र इरान आमनेसामने

मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको प्रतिवेदन

महँगोमा मल खरिदको सम्झौता, कृषि सामग्री कम्पनीभित्रै उठ्यो प्रश्न

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

विश्वकप फुटबलमा भोलि बिहान समूह चरणका अन्तिम खेल हुँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu