ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सार्वजनिक पदाधिकारीको सम्पत्ति विवरण सार्वजनिक गर्न सूचना आयोगको सुझाव


एबीसी न्यूज
१३ मंसिर २०८१, बिहिबार   ३ : २५   बजे

काठमाडौं १३ मंसिर । राष्ट्रिय सूचना आयोगले सबै सार्वजनिक निकायका पदाधिकारीको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने सुझाव दिएको छ।

हालप्रचलनमा रहेका कानुनले सार्वजनिक पदमा रहेका पदाधिकारीको सम्पत्ति विवरण गोप्य रहने व्यवस्था गरेकोले भ्रष्टाचार बढेको ठहर गर्दै आयोगले यो सुझाव दिएको हो।

आयोगले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको आफ्नो वार्षिक प्रतिवेदनमार्फत ‘भ्रष्टाचार नियन्त्रण गर्न, जवाफदेहिता कायम गर्न, पारदर्शिता बढाउन सार्वजनिक पद ग्रहण गर्ने उच्च तहका पदाधिकारीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने व्यवस्था कानुनमा राखिनुपर्ने’ सुझाव दिएको हो। ।

यस्तै विभिन्न विषय वा घटनामा आधारित भएर गर्ने छानबिन, अनुसन्धान तथा अध्ययनका प्रतिवेदन पनि सार्वजनिक गर्न आयोगले भनेको छ।

आयोगले आफ्नो १९ बुँदे सुझावमा लेखेको छ, ‘सार्वजनिक निकायहरूले समयसमयमा विभिन्न विषय वा घटनामा आधारित भएर छानबिन, अनुसन्धान तथा अध्ययनजस्ता कार्यहरू गरिरहेको हुन्छ। यसरी गरिने कार्यबाट प्राप्त हुने प्रतिवेदनहरू सार्वजनिक नहुँदा सर्वसाधारण नागरिकले शंका गर्ने, स्वामित्व नलिने तथा कतिपय अवस्थामा दुरुपयोगसमेत हुन सक्ने अवस्थालाई ध्यानमा राखी सूचनाको हकसम्बन्धी कानुनले बर्जित गरेका विषयबाहेक स्वतः सार्वजनिक गर्ने–गराउने।’

सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा २५ को उपदफा ९१० मा प्रत्येक वर्ष आफूले गरेका काम कारबाहीको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीमार्फत व्यवस्थापिका संसदमा प्रस्तुत गर्ने व्यवस्था छ। सोही व्यवस्थाबमोजिम आयोगले आर्थिक वर्ष २०८०÷८१ को सोहौँ वार्षिक प्रतिवेदन बिहीबार प्रधानमन्त्री केपी ओलीसमक्ष पेस गरेको हो। वार्षिक प्रतिवेदन बुझाउन आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङको नेतृत्वमा अन्य पदाधिकारी तथा कर्मचारीको टोली बालुवाटार पुगेको थियो।

प्रधानमन्त्री ओलीले सूचनाको हकलाई वास्तविक हकका रूपमा स्थापित गर्दै सरोकार भएका पक्षलाई आवश्यक सूचना दिने काममा सरकार र आयोगबीच सहकार्य हुनुपर्ने बताए। उनले लोकतन्त्रका पक्षमा सक्दो कार्यान्वयन गर्दै अराजकतालाई भने निरुत्साहन गर्नुपर्नेमा जोड दिए।

प्रमुख आयुक्त गुरुङले आफूहरूको पाँच वर्षको कार्यकालमा ५ हजार १ सय ८२ पुनरावेदन प्राप्त भएकामा ९५ प्रतिशत फर्स्योट गरिएको जानकारी दिए। वर्तमान प्रमुख आयुक्त गुरुङ, आयुक्तहरू कमला ओली र रत्नप्रसाद मैनालीको कार्यकाल यही मंसिर २३ गते सकिँदै छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group