ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सहकारीकै बचतबाट लामिछानेलाई सवा दुई करोडको टोयोटा फर्च्युनर


एबीसी न्यूज
१४ मंसिर २०८१, शुक्रबार   १ : ३८   बजे

काठमाडौं १४ मंसिर । गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने चढ्ने गाडीसमेत स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनबाट खरिद गरिएको पुष्टि भएको छ । सवा दुई करोडको ‘टोयोटा फर्च्युनर’ गाडी किन्नेसहित विभिन्न प्रयोजनका लागि स्वर्णलक्ष्मीबाट निकालिएको ऋण भुक्तान गर्न लामिछाने आफैंले काटेका चेक पनि भेटिएका छन् ।

२०७७ फागुन ११ मा ग्यालेक्सी टीभीको घोषणासँगै लामिछाने गोर्खा मिडिया नेटवर्क प्रालिको सेयरधनी सञ्चालक र प्रबन्ध निर्देशक बनेका थिए भने १५ महिनापछि २०७९ असार १ मा कम्पनीबाट अलग भएका थिए । योबीचमा गाडी खरिदलगायतका शीर्षकमा जीबी राई र लामिछाने दुई जनाको व्यक्तिगत तथा गोर्खा मिडिया प्रालिका नाममा स्वर्णलक्ष्मीबाट विभिन्न मितिमा ठूलो रकम निकालिएको थियो ।

कम्पनीका तत्कालीन प्रबन्ध निर्देशक लामिछानेले १५ वटा चेक काटेर ८९ लाख ६ हजार ६ सय ६० रुपैयाँ भुक्तान गरेका थिए । त्यस्तै कम्पनीका अध्यक्ष राईले भने चार लाखको एउटा चेक काटेका थिए । यसरी गोर्खा मिडियाले १६ वटा चेकबाट स्वर्णलक्ष्मी सहकारीलाई ९३ लाख ६ हजार ६ सय ६० रुपैयाँ भुक्तान गरेको छ ।

सहकारी र कम्पनीबीचको गैरकानुनी कारोबारबारे कुनै जानकारी नभएको दाबी गर्दै सार्वभौम संसद् र आफ्नै मतदातालाई पनि ढाट्दै आएका लामिछानेले सहकारीकै बचत अपचलन गरेर गाडी चढेको र त्यसको भुक्तान कम्पनीबाट गरेको प्रमाण भेटिएपछि उनलाई बयानका लागि पोखराबाट काठमाडौं ल्याइएको छ । यसअघि कात्तिक २७ मा उनलाई भैरहवा पनि लगिएको थियो ।

काठमाडौं महानगरपालिका–१४, कालीमाटीमा मुख्य कार्यालय रही न्युरोड, महाराजगन्ज, स्वयम्भू र जोरपाटीमा समेत शाखा खोलेर सञ्चालन भएको स्वर्णलक्ष्मी सहकारीले ६ हजार ६ सय ६९ सर्वसाधारणबाट २ अर्ब ६५ करोड ९५ लाख बचत संकलन गरेको थियो । त्यसमध्ये १ अर्ब ११ करोड रुपैयाँ अपचलन भएको भन्दै ६ सय ४५ बचतकर्ताले जाहेरी दिएपछि प्रहरीले अनुसन्धान गरिरहेको छ । यद्यपि लामिछाने गृहमन्त्री भएका बेला भने अनुसन्धानमा अवरोध गरिएको थियो । त्यसैले छानबिन गर्न संसदीय समितिसमेत गठन भएको थियो ।

२०७७ माघमा वीरगन्ज भन्सारबाट भित्रिएको २७५५ सीसीको टोयोटा फर्च्युनर २०७८ असार १३ मा जीबी ग्रुप अफ कम्पनीजका नाममा खरिद गरिएको थियो । त्यसको तीन महिनापछि असोज ६ मा त्यही गाडी गोर्खा मिडिया नेटवर्कका नाममा सारिएको थियो । यी दुई मितिका बीचमा साउन ५ मा जीबी राई र रवि लामिछानेका नाममा ‘चारपांग्रे कर्जा’ शीर्षकमा ऋण खडा गरी स्वर्णलक्ष्मी सहकारीबाट रकम निकालिएको थियो । गाडी किन् नु अघि र पछि विभिन्न मितिमा रकम लगिए पनि विधिवत कागजी प्रक्रिया पूरा गरिएको थिएन । तर किस्ता तिर्न लामिछाने स्वयंले काटेका चेकबाट उक्त कारोबार पुष्टि भएको छ । कम्पनीले सहकारीलाई तिर्न बाँकी रकमको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

उता सूर्यदर्शन सहकारीको बचत अपचलनमा कास्की प्रहरीले अनुसन्धान थालेपछि गोर्खा मिडियाको उक्त गाडी बिक्री भएको पाइएको छ । टोयोटा फर्च्युनर २०८० असोज १२ मा सिन्धुपाल्चोक मेलम्चीका पाण्डे थरका व्यक्तिका नाममा सारिएको छ । त्यसको ६ दिनपछि असोज १८ मा सूर्यदर्शन सहकारी ठगीमा १८ जनाविरुद्ध कास्की जिल्ला अदालतमा १ अर्ब ११ करोड बिगो कायम गरी मुद्दा दायर भएको थियो । त्यसपछि जीबी राई फरार रहेकामा प्रहरी प्रधान कार्यालयले इन्टरपोलमार्फत ‘रेड नोटिस’ जारी गरेको छ भने लामिछाने कास्की प्रहरीको हिरासतमा छन् ।

स्वर्णलक्ष्मीसहित पाँच सहकारीको ६७ करोड ७६ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा ल्याएर राई र लामिछानेसहितले अपचलन गरेको तथ्य प्रहरीले प्राप्त गरिसकेको छ । यहीबीच लामिछाने र गोर्खा मिडियाका तत्कालीन सञ्चालक छविलाल जोशीलाई प्रहरीले बुटवलको सुप्रिम सहकारी ठगीमा बयान गर्न लगेको थियो । त्यसपछि दुवै जनालाई कास्की ल्याइएकामा जोशीलाई प्रहरीले काठमाडौं ल्याएर बयान लिइसकेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group