ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

४ सय केभी बाह्रबिसे सबस्टेशनकाे निर्माण धमाधम, आउँदो जेठसम्म काम सकिने


एबीसी न्यूज
१६ मंसिर २०८१, आइतबार   २ : ०७   बजे

काठमाडौं १६ मंसिर ।   सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा ४ सय केभी क्षमताको सबस्टेशन निर्माण धमाधम भइरहेको छ । तामाकोशी तथा सुनकोशी नदी र ती नदीहरूका सहायक खोलानालामा निर्माण हुने जलविद्युत् आयोजनाहरूको बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गर्न र देशभित्रको प्रणालीलाई सदृढ बनाउन बाह्रबिसे सबस्टेशन निर्माण शुरू गरिएको हो । यही ठाउँमा २२०र१३२ केभी र १३२र११ केभी सबस्टेशन निर्माण सम्पन्न गरी उपकरणहरूको परीक्षण सम्पन्न भइसकेको छ ।

ग्याँस इन्सुलेटेड प्रणाली जीआईएस० प्रविधिमा आधारित बाह्रबिसे सबस्टेशनका सम्पूर्ण उपकरण निर्माण स्थलमा आपूर्ति भइसकेका छन् । पावर ट्रान्सफर्मर राख्ने सिभिल संरचनाको निर्माण सम्पन्न गरी जडान भइरहेको छ ।

नियन्त्रण कक्ष, जीआईएसका उपकरण रहने भवनको सिभिल संरचना निर्माणाधीन छन् । सिभिल संरचनाको निर्माण सम्पन्न भएपछि उपकरणको जडान शुरू हुनेछ । सबस्टेशनको समग्र निर्माण प्रगति ७० प्रतिशतको हाराहारीमा छ । सबस्टेशन निर्माण आउँदो जेठभित्र सम्पन्न गर्ने गरी काम धमाधम भइरहेको छ ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हिजो शनिवार सबस्टेशन निर्माणस्थलको अनुगमन गरी तोकिएको समयभन्दा अघि नै सम्पूर्ण काम सम्पन्न गर्न आयोजना व्यवस्थापन र निर्माण व्यवसायीलाई आग्रह गर्नुभयो ।

कार्यकारी निर्देशक घिसिङले भन्नुभयो, ‘४ सय केभी बाह्रबिसे सबस्टेशन निर्माण सम्पन्न भएपछि बलेफी तथा भोटेकोशी नदी करिडोरमा निर्माण भएका जलविद्युत् आयोजनाहरूको बिजुली यही सबस्टेशनमा जोडी बाह्रबिसे–खिम्ती ४ सय केभी प्रसारण लाइनमार्फत ढल्केबरतर्फ पठाउन सकिन्छ, हिउँदयाममा खिम्तीतर्फबाट काठमाण्डौ उपत्यकामा थप बिजुली ल्याउन सकिन्छ भने वर्षायाममा ढल्केबरतर्फ थप बिजुली पठाएर भारततर्फ निर्यात गर्न सकिन्छ, त्यसैले सबस्टेशन निर्माणलाई उच्च प्राथमिकतामा राखी बाँकी रहेका काम द्रूत गतिमा अगाडि बढाऔँ ।’

खिम्ती, बाह्रबिसे र लप्सीफेदी ४ सय केभी सबस्टेशन आयोजनाअन्तर्गत तीन वटा सबस्टेशन निर्माणाधीन छन् । तामाकोशी–काठमाण्डौ २ सय २०र४ सय केभी प्रसारण लाइन आयोजनाअन्तर्गत रामेछापमा रहेको नयाँ खिम्ती सबस्टेशनबाट बाह्रबिसेसम्म ४३ किलोमिटर प्रसारण लाइन निर्माण अन्तिम चरणमा छ ।

वन क्षेत्रको जग्गा प्रयोग तथा रुख कटानको समस्या, स्थानीयवासीको अवरोधलगायतका समस्या झेल्दै आएको खिम्ती–बाह्रबिसे–काठमाण्डौ प्रसारण लाइन निर्माण सम्पन्न हुने अवस्थामा पुगेको कार्यकारी निर्देशक घिसिङले बताउनुभयो ।

खिम्ती–बाह्रबिसे प्रसारण लाइनमा पर्ने १ सय १८ वटा टावरमध्ये १ सय १७ वटाको जग हालिएको छ । १ सय १५ वटा टावर खडा गरिएको छ । ३६ किलोमिटर तार तानिएको छ । बाँकी एउटा टावर निर्माणाधीन छ । खिम्ती–बाह्रबिसे खण्ड आउँदो माघभित्र सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ ।

त्यस्तै बाह्रबिसेबाट काठमाण्डौको लप्सीफेदीसम्मको ४६ किलोमिटर ४ सय केभी डबल सर्किट प्रसारण लाइन पनि निर्माणाधीन छ । ४६ किलोमिटर प्रसारण लाइनमा पर्ने १ सय २२ वटा टावरमध्ये १ सय १८ वटाको जग हालिएको छ । १ सय १७ वटा टावर खडा गरिएको छ । ४२ किलोमिटर तार तानिएको छ । बाँकी टावरको काम भइरहेको छ ।

खिम्ती–बाह्रबिसे–काठमाण्डौ हुँदै प्रवाह भएको बिजुलीलाई काठमाण्डौ उपत्यकामा ल्याउन लप्सीफेदी–चाँगुनारायण १ सय ३२ केभी प्रसारण लाइन अगाडि बढाइएको छ । स्थानीयवासीको अवरोधका कारण निर्माण प्रभावित छ ।

अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन ९एमसीसी० ले निर्माण गर्ने ४ सय केभीको प्रसारण लाइन निर्माण सम्पन्न भएपछि लप्सीफेदीबाट बिजुलीलाई नवलपरासीको ९बर्दघाट सुस्ता पश्चिम० भुमहीमा रहेको नयाँ बुटवल सबस्टेशनतर्फ प्रवाह गराउन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group