ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौँमा जारी रवि लामिछानेको बयान आज पनि सकिन ‘गाह्रो’


एबीसी न्यूज
१६ मंसिर २०८१, आइतबार   २ : ५७   बजे

काठमाडौं १६ मंसिर । काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगीको पनि आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछानेसँग आज आइतबार दोस्रो दिन पनि बयान लिने क्रम जारी छ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका प्रमुख सन्देश श्रेष्ठले अहिले बयान चलिरहेको जानकारी दिए।

उनका अनुसार आज पनि बयान सकिने सम्भावना कम छ। ‘आज पनि बयान सकिन गाह्रो छ’, उनले  भने।

बयानका लागि पोखराबाट शुक्रबार काठमाडौँ ल्याइएका पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेसँग त्यस दिन ६ घण्टा बयान लिएर हिरासत जिल्ला प्रहरी परिसर काठमाडौँ फर्काइएको थियो।

हिजो शनिबार परेकाले बयान लिइएन।

आज जिल्ला सरकारी वकिल कार्यालय खुलेकाले उनलाई बयानका लागि फेरि त्यहाँ लगिएको हो।  काठमाडौँमा जारी बयान सकिएपछि उनलाई पुनः पोखरा नै फर्काइने छ।

उनीविरुद्ध ५ वटा सहकारी ठगीको आरोपमा अनुसन्धान भइरहेको छ। पोखराको सूर्यदर्शन सहकारी ठगी आरोपमा गत कात्तिक २ काठमाडौँबाट पक्राउ गरी उनलाई पोखरा लगिएको थियो।

त्यसयता उनी कास्की जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन्। पोखरामा अझै अनुसन्धान सकिएको छैन।

प्रहरीले उनीविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा समेत अनुसन्धान गरिरहेको छ। यी कसुरमा प्रहरीले ९० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउँछ।

काठमाडौँ ल्याउनुअघि लामिछानेलाई बुटवलको सुप्रिम सहकारी ठगीको अनुसन्धानका लागि रुपन्देही लगी बयान लिइएको थियो र बयान सकेर कास्की नै फर्काइएको थियो।

यस्तै उनीविरुद्ध सहारा चितवन सहकारी र वीरगन्जको सानापाइला सहकारी ठगीको आरोपमा पनि अनुसन्धान हुँदै छ। चितवनमा उनीविरुद्ध पूरक जाहेरी दर्ता भइसकेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group