ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल प्रिमियर लिगका लागि तयार छ ऐरीको सुदूरपश्चिम


एबीसी न्यूज
१८ मंसिर २०८१, मंगलबार   ८ : १८   बजे

काठमाडौं १८ मंसिर । सुदूरपश्चिमेली खेलाडीलाई प्राथमिकता दिँदै टोली निर्माण गरेको सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग एनपीएल०का लागि तयार भइसकेको छ।

राष्ट्रिय टोलीका कीर्तिमानी अलराउन्डर दीपेन्द्र सिंह ऐरीलाई मार्की खेलाडी बनाएको सुदूरपश्चिम सन्तुलित टोलीका रुपमा देखिएको छ।

सुुदूरपश्चिमले आइकोनिकसहित सात जना सुदूरपश्चिमका खेलाडीलाई टोलीमा अनुबन्ध गरेको छ।

ऐरीसँगै राष्ट्रिय र उमेर समूहका अनुभवी खेलाडी पनि छन्। टोलीमा विनोद भण्डारी, नरेश बुढाऐर, नरेन साउद, खड्ग बोहरा र भोजराज भट्ट सुदूरपश्चिमकै हुन्। सुदूरपश्चिमले बलर अविनाश बोहरा, आरिफ शेख, अर्जनु कुमाल, इशान पाण्डे र अमित श्रेष्ठलाई अनुबन्ध गरेको छ।

एनपीएलका लागि सुदूरपश्चिमले चार विदेशी खेलाडीलाई अनुबन्ध गरिसकेको छ। सुदूरपश्चिमले नेपाली भूमिसँग परिचित अनुहारलाई एनपीएलका लागि टोलीमा अनुबन्ध गरेको छ।

 

सुदूरपश्चिमले संयुक्त अरब इमिरेट्स ९युएई० का रोहन मुस्ताफा, स्कटल्यान्डका ब्रान्डन म्याकमुलेन, इंग्ल्यान्डका सैफ अली जैब र न्युजिल्यान्डका बलर स्कट कुगेलेइनलाई राखेको छ।

उमेर समूहमा राम्रो प्रभाव छाडिसकेका अर्जुन र नरेनलाई सुदूरपश्चिमले टोलीमा राखेको छ। यद्यपि उनीहरुले एनपीएलको उद्घाटन खेल भने गुमाउनेछन्। शुक्रबारबाट सुरु हुने एसीसी यू–१९ एसिया कपका लागि अर्जुन र नरेन टोलीसँगै बाहिर छन्।

सुदूरपश्चिमलाई राष्ट्रिय टोलीका पूर्वप्रशिक्षक जगत टमाटाले प्रशिक्षण दिइरहेका छन्। सुदूरपश्चिमकै टमाटाको नेतृत्वमा रहेको टोली एनपीएलमा सुखद सुरुवात गर्ने योजनामा छ।

एनपीएलमा आफ्नो टोलीले शतप्रतिशत दिएर जितका लागि खेल्ने मुख्य प्रशिक्षक टमाटाले बताएका छन्।

एनपीएलका लागि आफ्ना विदेशी खेलाडीहरु शनिबारसम्म नेपाल आइपुग्ने प्रशिक्षक टमाटाले बताएका छन्।

टमाटासँग नेपालको राष्ट्रिय महिला–पुरुष टोलीदेखि लिएर उमेर समूहलाई हेरेको अनुभव समेत छ। जुन अनुभवलाई प्रयोग गर्दै सुदूरपश्चिमले उपाधि जित्ने लक्ष्य राखेको छ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेनेजुएलामा भूकम्पको विनाश: ९२० को मृत्यु, जीवितै उद्धारका लागि संघर्ष जारी

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

सम्बन्धित

फिफा विश्वकप २०२६ : अर्जेन्टिना अपराजित यात्रा कायम राख्ने लक्ष्यमा, पोर्चुगल–कोलम्बिया भिडन्तमा सबैको नजर

भेनेजुएलामा भूकम्पको विनाश: ९२० को मृत्यु, जीवितै उद्धारका लागि संघर्ष जारी

हर्मुजको जलडमरूमा फेरि तनाव: कार्गो जहाजमाथि हमलापछि अमेरिका र इरान आमनेसामने

मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको प्रतिवेदन

महँगोमा मल खरिदको सम्झौता, कृषि सामग्री कम्पनीभित्रै उठ्यो प्रश्न

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu