ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पिसिएम कप टेनिस : यू–१८ मा शाश्वत बज्राचार्य च्याम्पियन


ABC NEWS
९ भदौ २०८३, मंगलबार   ७ : २५   बजे

पोखरा । पोखरामा आयोजित प्रथम पिसिएम कप खुला राष्ट्रिय जुनियर टेनिस प्रतियोगिताको यू–१८ ब्वाइज सिंगल्सको उपाधि शाश्वत बज्राचार्यले जितेका छन्।

गण्डकी प्रदेश टेनिस संघको आयोजनामा भएको प्रतियोगिताको सोमबार पोखरा रंगशालास्थित टेनिस कोर्टमा भएको फाइनलमा बज्राचार्यले सन्दीप विकलाई ६–१, ६–१ को सोझो सेटमा पराजित गर्दै उपाधि जितेका हुन्।

यू–१४ ब्वाइज सिंगल्सतर्फ आर्यषराज पौडेल विजेता बने। उनले फाइनलमा अभिषेक बयलकोटीलाई ६–१, ७–५ ले हराए।

त्यस्तै, यू–१६ ब्वाइज सिंगल्सको उपाधि सुरेन्द्र विकले हात पारे। उनले फाइनलमा आर्यषराज पौडेललाई ६–३, ६–३ को सेटमा पराजित गरे।

अन्य विधाका विजेता

गल्र्सतर्फ यू–१२ र यू–१० दुवै विधाको उपाधि निम्ति कुँवरले जितेकी छन्।

यू–८ गल्र्स सिंगल्समा वाणी राजभण्डारी प्रथम र निवेदी सुनार द्वितीय भए।

यू–१२ ब्वाइज सिंगल्समा सहंस बस्नेतले इभान भट्टराईलाई पराजित गर्दै उपाधि जिते। यू–९ ब्वाइज सिंगल्समा सवज्र्ञजंग खत्री प्रथम र सोनम टी घले द्वितीय भए।

विजेता खेलाडी सम्मानित

समापन समारोहमा पोखरा कलेज अफ म्यानेजमेन्टकी प्राचार्य लिना नेगी श्रेष्ठ, नेपाल टेनिस संघका पूर्वअध्यक्ष मनोज राणा तथा प्रतियोगिता संयोजक लोक गुरुङले विजेता खेलाडीलाई मेडल, प्रमाणपत्र र गिफ्ट ह्याम्पर प्रदान गरे।

प्राचार्य श्रेष्ठले पोखरा कलेज अफ म्यानेजमेन्टले २५ वर्षदेखि व्यवस्थापन शिक्षाका क्षेत्रमा योगदान गर्दै आएको र युवालक्षित विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताइन्। कलेजले खेलकुद क्षेत्रलाई पनि प्राथमिकता दिँदै आएको उनको भनाइ थियो।

आयोजक समितिका अध्यक्ष तथा कलेजका अध्यक्ष विनोद कायस्थले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिए।

विभिन्न उमेर समूहका खेलाडी सहभागी प्रतियोगिताले जुनियर टेनिस खेलाडीको क्षमता विकास तथा खेलकुदमा आकर्षण बढाउन सहयोग पुग्ने आयोजकले जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

संसद्मा उठेका सांसदका प्रश्नको जवाफ दिन सरकारले सुरु गर्‍यो विशेष संयन्त्र

फ्लूका कारण पूर्वमुमाबडामहारानी रत्नराज्यलक्ष्मी शाह अस्पताल भर्ना

सम्बन्धित

चेल्सीको विजयी सुरुवात, फुलहममाथि ३–२ को जित

डोनियल मालेनको ह्याट्रिकमा रोमाको शानदार जित

‘ह्यान्ड अफ गड’को ऐतिहासिक बल ५२ करोड रुपैयाँभन्दा बढीमा लिलामी

जैसवाललाई आईसीसीको कारबाही, म्याच फीको २५ प्रतिशत जरिवाना

टप एन्ड टी–२० सिरिजमा नेपाल ‘ए’ को पहिलो जित

नेपाल ‘ए’ले होबर्टलाई १५५ रनको लक्ष्य दियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu