ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जैसवाललाई आईसीसीको कारबाही, म्याच फीको २५ प्रतिशत जरिवाना


ABC NEWS
८ भदौ २०८३, सोमबार   ७ : ४५   बजे

कोलम्बो । श्रीलंकाविरुद्ध जारी दोस्रो टेस्ट क्रिकेटका क्रममा खेलभावनाविपरीत व्यवहार गरेको आरोपमा भारतीय ओपनर यजश्वी जैसवालमाथि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले कारबाही गरेको छ।

पहिलो दिनको खेलका क्रममा श्रीलंकाका फास्ट बलर असिथा फर्नान्डोलाई आउट गरेपछि जैसवाल र फर्नान्डोबीच मैदानमै भनाभन भएको थियो। सोही क्रममा जैसवालले फर्नान्डोसँग अनुपयुक्त शारीरिक सम्पर्क गरेको आरोपमा आईसीसीले उनीमाथि कारबाही गरेको हो।

आईसीसीको आचारसंहिताअन्तर्गत ‘लेभल १’ को उल्लंघन गरेको ठहर गर्दै जैसवाललाई म्याच फीको २५ प्रतिशत जरिवाना गरिएको छ। साथै, उनको अनुशासनात्मक रेकर्डमा एक डिमेरिट अंक पनि थपिएको छ।

घटनामा श्रीलंकन बलर फर्नान्डोमाथि पनि कारबाही गरिएको छ। दुवै खेलाडीले आईसीसीको आचारसंहिताको धारा २.१२ उल्लंघन गरेको बताइएको छ। उक्त धाराले खेलका क्रममा खेलाडी वा अन्य व्यक्तिसँग हुने अनुपयुक्त शारीरिक सम्पर्कलाई निषेध गर्दछ।

२४ महिनासम्म रहन्छ डिमेरिट अंक

आईसीसीको डिमेरिट प्रणालीअनुसार खेलाडीको रेकर्डमा थपिएको अंक २४ महिनासम्म कायम रहन्छ। सो अवधिमा कुनै खेलाडीले चार वा सोभन्दा बढी डिमेरिट अंक बटुलेमा निलम्बनको कारबाही हुन सक्छ।

यस्तो अवस्थामा खेलाडीले एक टेस्ट म्याच वा दुईवटा एकदिवसीय तथा टी–२० अन्तर्राष्ट्रिय खेल गुमाउनुपर्ने व्यवस्था छ।

दोस्रो टेस्ट जारी

भारत र श्रीलंकाबीच कोलम्बोमा जारी दोस्रो टेस्टको दोस्रो दिनको खेल चलिरहँदा जैसवालमाथि गरिएको कारबाहीले खेलमा थप चर्चा पाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

निर्देशन अटेर गरी बागमती सरकारमा सहभागी तीन सांसदलाई राप्रपाले गर्‍यो पदमुक्त

 तीन सातापछि लगानी बोर्डको जिम्मेवारी सम्हालिन् नवनियुक्त सीईओ याङ्की उक्याब

सम्बन्धित

‘ह्यान्ड अफ गड’को ऐतिहासिक बल ५२ करोड रुपैयाँभन्दा बढीमा लिलामी

टप एन्ड टी–२० सिरिजमा नेपाल ‘ए’ को पहिलो जित

नेपाल ‘ए’ले होबर्टलाई १५५ रनको लक्ष्य दियो

तेस्रो एसियाड खेल्दै आर्हन्त र विपना, स्क्वासमा सुखद नतिजाको आशा

नेपाल ‘ए’ आज होबर्टसँग भिड्दै, पहिलो जितको खोजीमा

टोरेसको दुई गोलमा पीएसजीले रेनेसलाई बराबरीमा रोक्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu