ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘ह्यान्ड अफ गड’को ऐतिहासिक बल ५२ करोड रुपैयाँभन्दा बढीमा लिलामी


ABC NEWS
८ भदौ २०८३, सोमबार   ७ : ५५   बजे

काठमाडौं । विश्व फुटबलको इतिहासमै सबैभन्दा चर्चित र विवादास्पद गोलमध्ये एक मानिने डिएगो म्याराडोनाको ‘ह्यान्ड अफ गड’ गोलमा प्रयोग भएको फुटबल हालै करिब २५ लाख पाउण्ड अर्थात् साढे ५२ करोड रुपैयाँभन्दा बढीमा लिलामी भएको छ।

सन् १९८६ को मेक्सिको विश्वकपको क्वार्टरफाइनलमा अर्जेन्टिना र इङ्गल्याण्डबीच भएको खेलमा म्याराडोनाले गरेको हाते गोलले विश्व फुटबलमा ठूलो विवाद सिर्जना गरेको थियो। उक्त खेलमा अर्जेन्टिना २–१ ले विजयी भएको थियो।

खेलका क्रममा म्याराडोनाले इङ्गल्याण्डका गोलरक्षक पिटर शिल्टनसँग बलका लागि प्रतिस्पर्धा गर्दै हातको प्रयोगबाट गोल गरेका थिए। तर, रेफ्रीले उक्त घटना स्पष्ट रूपमा नदेखेपछि गोललाई मान्यता दिएका थिए।

खेलपछि पत्रकारहरूसँग प्रतिक्रिया दिँदै म्याराडोनाले उक्त गोललाई ‘थोरै म्याराडोनाको टाउको र थोरै भगवानको हात’बाट भएको बताएका थिए। त्यसपछि उक्त गोल विश्वभर ‘ह्यान्ड अफ गड’ नामले चर्चित बन्यो।

सोही खेलमा म्याराडोनाले इङ्गल्याण्डका पाँच खेलाडीलाई छक्याउँदै अर्को अविस्मरणीय गोल पनि गरेका थिए, जसलाई पछि फुटबल इतिहासकै उत्कृष्ट गोलमध्ये एक मानिएको थियो।

३३ लाख अमेरिकी डलरमा बिक्री

हालै अमेरिकास्थित हेरिटेज अक्सनमा सन् १९८६ को सो खेलमा प्रयोग भएको फुटबल ३३ लाख अमेरिकी डलर अर्थात् करिब २५ लाख पाउण्डमाबिक्री भएको हो। बलको मूल्य १ करोड अमेरिकी डलरसम्म पुग्न सक्ने अनुमान गरिए पनि अन्ततः अपेक्षाभन्दा कम मूल्यमा लिलामी भएको बताइएको छ।

उक्त खेलका ट्युनिसियाली रेफ्री अली बिन नासेरले खेल सकिएपछि बल आफूसँग राखेका थिए। उनले करिब तीन दशकसम्म उक्त बल सुरक्षित राखेका थिए।

सन् २०२३ मा नासेरले उक्त फुटबल म्याराडोनाको ‘ह्यान्ड अफ गड’ गोल भएको खेलमा प्रयोग गरिएको सक्कली बल भएको पुष्टि गरेका थिए। विभिन्न अनुसन्धान तथा प्रमाणहरूले पनि त्यसलाई सोही खेलमा प्रयोग भएको बलका रूपमा पुष्टि गरेको बताइएको छ।

यसअघि सन् २०२२ मा म्याराडोनाले सोही खेलमा लगाएको जर्सी पनि ७१ लाख पाउण्डमा लिलामी भएको थियो। ‘ह्यान्ड अफ गड’सँग जोडिएको बलको पछिल्लो लिलामीले म्याराडोनाको फुटबल विरासत र विश्व खेलकुद इतिहासमा उनको प्रभाव अझै कति बलियो छ भन्ने देखाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

निर्देशन अटेर गरी बागमती सरकारमा सहभागी तीन सांसदलाई राप्रपाले गर्‍यो पदमुक्त

 तीन सातापछि लगानी बोर्डको जिम्मेवारी सम्हालिन् नवनियुक्त सीईओ याङ्की उक्याब

सम्बन्धित

जैसवाललाई आईसीसीको कारबाही, म्याच फीको २५ प्रतिशत जरिवाना

टप एन्ड टी–२० सिरिजमा नेपाल ‘ए’ को पहिलो जित

नेपाल ‘ए’ले होबर्टलाई १५५ रनको लक्ष्य दियो

तेस्रो एसियाड खेल्दै आर्हन्त र विपना, स्क्वासमा सुखद नतिजाको आशा

नेपाल ‘ए’ आज होबर्टसँग भिड्दै, पहिलो जितको खोजीमा

टोरेसको दुई गोलमा पीएसजीले रेनेसलाई बराबरीमा रोक्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu