ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

टप एन्ड टी–२० सिरिजमा नेपाल ‘ए’ को पहिलो जित


ABC NEWS
८ भदौ २०८३, सोमबार   ७ : १५   बजे

काठमाडौं । टप एन्ड टी–२० सिरिजमा नेपाल ‘ए’ले होबर्ट हुरिक्यान्स एकेडेमीलाई ३९ रनले हराउँदै पहिलो जित दर्ता गरेको छ । सोमबार डार्विनस्थित मरारा क्रिकेट मैदानमा भएको खेलमा नेपालले होबर्टलाई पराजित गर्‍यो ।

नेपालले प्रस्तुत गरेको १५५ रनको लक्ष्य पछ्याउने क्रममा होबर्ट हुरिक्यान्स एकेडेमी १८.३ ओभरमा ११५ रनमै सीमित भयो । होबर्टका लागि नितेश स्यामुएलले ३७, टिम वार्डले २३, कप्तान निवेथन राधाकृष्णनले २० र जेक कर्टियनले १२ रन बनाए । नेपालका नारायण जोशीले तीन विकेट लिए भने पवन सराफ र साहब आलमले दुई–दुई तथा विपिन खत्रीले एक विकेट झारे ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १५४ रन बनाएको थियो । नेपालका कुशल भुर्तेलले ३९, मयन यादवले ३१, कप्तान अनिलकुमार साहले २८, लोकश बमले अविजित २० र तृतराज दासले १० रन योगदान गरे । होबर्टका राफ म्याकमिलनले तीन, मार्कस बीनले दुई तथा निवेथन राधाकृष्णन र ब्राडली होपले एक–एक विकेट लिए । पहिलो जितसँगै नेपालले दुई अंक प्राप्त गरेको छ ।

यसअघिका नतिजाहरू

नेपाल यसअघि आयोजक नर्दन टेरिटोरी स्ट्राइकसँग आठ विकेट र बंगलादेश हाई–परफर्मेन्स टिमसँग ९ विकेटको हार व्यहोरेको थियो । यता, होबर्ट हुरिक्यान्स एकेडेमीले पनि लगातार तेस्रो हार बेहोरेको छ । टोली यसअघि भिक्टोरिया क्रिकेट संघ–११ सँग पाँच विकेट र बंगलादेश हाई–परफर्मेन्स टिमसँग तीन विकेटले पराजित भएको थियो ।

आगामी खेल

अब नेपालले बुधबार अस्ट्रेलियन क्यापिटल टेरिटोरीको सामना गर्नेछ ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

निर्देशन अटेर गरी बागमती सरकारमा सहभागी तीन सांसदलाई राप्रपाले गर्‍यो पदमुक्त

 तीन सातापछि लगानी बोर्डको जिम्मेवारी सम्हालिन् नवनियुक्त सीईओ याङ्की उक्याब

सम्बन्धित

‘ह्यान्ड अफ गड’को ऐतिहासिक बल ५२ करोड रुपैयाँभन्दा बढीमा लिलामी

जैसवाललाई आईसीसीको कारबाही, म्याच फीको २५ प्रतिशत जरिवाना

नेपाल ‘ए’ले होबर्टलाई १५५ रनको लक्ष्य दियो

तेस्रो एसियाड खेल्दै आर्हन्त र विपना, स्क्वासमा सुखद नतिजाको आशा

नेपाल ‘ए’ आज होबर्टसँग भिड्दै, पहिलो जितको खोजीमा

टोरेसको दुई गोलमा पीएसजीले रेनेसलाई बराबरीमा रोक्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu