ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उपनिर्वाचनको समीक्षा गर्दै कांग्रेस-एमाले


एबीसी न्यूज
१९ मंसिर २०८१, बुधबार   २ : १४   बजे

काठमाडौं १९ मंसिर । सत्ता साझेदार दुई दल नेपाली कांग्रेस र नेकपा एमालेले १६ मंसिरको स्थानीय तह उपनिर्वाचन परिणामको समीक्षा गर्ने भएका छन् । अपेक्षित परिणाम नआएपछि नेपालका प्रमुख दुई दलले समीक्षा गर्ने भएका हुन् ।

४४ स्थानका लागि भएको उपनिर्वाचनमा १९ स्थान जितेर कांग्रेस पहिलो शक्ति बन्दा ११ स्थान जितेर माओवादी दोस्रो र ८ स्थान जितेर एमाले तेस्रो बनेका थिए । २०७९ सालको निर्वाचनमा कांग्रेसले जितेका २७ स्थानमा निर्वाचन भए पनि ८ स्थान कांग्रेसले गुमाएको थियो ।

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल स्थानीय तह उपनिर्वाचनबाट निराश हुनुनपर्ने तर पार्टीका तर्फबाट भएका कमी कमजोरीबारे समीक्षा गर्ने बताए । आफ्नो पकड क्षेत्र भएका ठाउँमा पनि मत घटेकोप्रति समीक्षा गर्ने उनको भनाइ छ ।

‘उपनिर्वाचनको परिणाम निराशाजनक छैन । उपनिर्वाचनमा हामीले गत निर्वाचनमा पराजित भएका ठाउँहरुमा पनि जितेका छौं,’ पोखरेलले भने, ‘अरु पार्टीहरुले लामो समयदेखि जित्दै आएका ठाउँहरुमा पनि जितेका छौं ।

 

केही हामी आफ्नो पकड भएको क्षेत्रमा पराजित भएको अवस्था पनि छ । तर उपनिर्वाचनको समग्र रिपोर्ट आइसकेपछि हामी समिक्षा पनि गरौंला । हामीले आफ्नो शक्ति विन्यास गर्ने कुरामा कतै तलमाथि भयो कि त्यो बुझौंला ।’

यसैगरी नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पनि उपनिर्वाचनको प्रारम्भिक समीक्षा सार्वजनिक गरिसकेको उल्लेख गर्दै पार्टी सचिवालय गम्भिर समीक्षामा जुटेको बताए ।

‘प्रत्येक वडा र पालिकामा गम्भिर रुपमा अगाडिको निर्वाचन र पछिल्लो निर्वाचनको अंकगणित के रह्यो रु उपलब्धि हुँदै गर्दा कसरी भयो रु गुम्दै गर्दा कसरी गुम्यो रु भन्ने कुरा हामो सचिवालयले तथ्यांकसहित सबै तयारी गरिरहेकै छ,’ महामन्त्री शर्माले भने, ‘नेपाली कांग्रेस पार्टीले अहिलेको चुनावमा कहाँ कमजोरी भयो त्यसको पनि समीक्षा गर्दैछ ।’

यद्यपि स्थानीय तह उपनिर्वाचन परिणामले राजनीतिक दलहरुलाई घचघचाएको भन्दै त्यसलाई पार्टीले सकारात्मक रुपमा लिएको उनले बताए । उपनिर्वाचनमा मतदाताको उत्साहजनक सहभागिता, मुख्य राजनीतिक दलहरुले पाएको मत, प्रणालीप्रतिको विश्वास, यही प्रणालीबाट समुन्नतिको बाटोमा हिँड्नुपर्छ भनेर प्राप्त जनादेशलाई पुनर्ताजगी गरेको रुपमा बुझ्नुपर्ने उनको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोइराला निवासमा राजनीतिक सरगर्मी: प्रचण्ड र माधव नेपालद्वारा शेखरसँग सामूहिक संवाद

चितवनको राप र रास्वपाको रापताप: स्टन्टबाट पार्टीतन्त्रतर्फको कठिन यात्रा

सम्बन्धित

क्वार्टरफाइनलमा को–को पुग्लान्? एआई, सुपरकम्प्युटर र फुटबल विश्लेषकका आधारमा सम्भावित अन्तिम–८ को चित्र

कोइराला निवासमा राजनीतिक सरगर्मी: प्रचण्ड र माधव नेपालद्वारा शेखरसँग सामूहिक संवाद

चितवनको राप र रास्वपाको रापताप: स्टन्टबाट पार्टीतन्त्रतर्फको कठिन यात्रा

टर्कीसँग पराजित भए पनि समूह विजेता बन्यो अमेरिका, इन्जुरी समयमा टर्कीको सान्त्वना जित

रास्वपाको महाधिवेशनबाट निर्वाचित ९९ सदस्ययहरुको मतसहितको आधिकारिक सूची, कसले कति मत पाए?

अमेरिकाविरुद्ध टर्कीको पुनरागमन, ओर्कुन कोकुको गोलमा २–१ को अग्रता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu