ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विवाहपञ्चमी महोत्सवको चौथो दिन तिलकोत्सव विधि सम्पन्न, आज मटकोर


एबीसी न्यूज
२० मंसिर २०८१, बिहिबार   ९ : २८   बजे

काठमाडौं २० मंसिर । जनकपुरमा साताव्यापी विवाहपञ्चमी महोत्सवको चौथो दिन हिजो तिलकोत्सव विधि सम्पन्न भएको छ । तिलकोत्सवका अवसरमा हरेक वर्ष जानकी मन्दिरबाट राम मन्दिरमा पाहुर पठाउने गरिन्छ ।

जानकी मन्दिरबाट भगवान् श्रीरामको तीलकका लागि एक सय एक भारसहित जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दास वैष्णवसहित साधु सन्त महन्त बाजागाजासहित राम मन्दिरमा पुगेर भगवान् रामको तिलक गर्ने चलनअनुसार तिलक गरिने कार्यक्रम सम्पन्न भएको हो ।

भारतको अयोध्याबाट यसपटक पाँच सयको सङ्ख्यामा साधुसन्त, महन्थ, योगी, सन्न्यासी, व्यापारी, बुद्धिजीवी तथा अन्य क्षेत्रका व्यक्तिहरू जन्तीका रूपमा आएका छन् । विवाह पञ्चमी महोत्सवअन्तर्गत आज मटकोर, भोलि स्वयंम्बर तथा शुभविवाह र पर्सि २२ गते रामकलेवासँगै यस वर्षको विवाह पञ्चमी महोत्सव सम्पन्न हुने कार्यक्रम रहेको छ ।

त्रेतायुगमा मङ्सिर शुक्ल पञ्चमीका दिन भगवान् राम र सीताको विवाह जनकपुरधाममा भएको सम्झनास्वरूप परापूर्वकालदेखि धुमधामसँग विवाहपञ्चमी महोत्सव मनाउने गरिन्छ ।

भारतको सीमावर्ती क्षेत्र र नेपालका विभिन्न ठाउँबाट लाखौँ श्रद्धालु रामजानकी विवाह महोत्सवमा सहभागी हुँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कपिलवस्तुमा तीन घण्टामै ६२.२ मिलिमिटर वर्षा, विभिन्न प्रदेशमा वर्षा जारी

जाजरकोटमा पहिरोबाट ३०० जनाभन्दा बढीको उद्धार, आठ घाइते र चार शव फेला

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu