ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मिडियाहरुले माओवादी सिद्धियो भनेर लेखे तर उपनिर्वाचनमा पहिलो भइयो- अध्यक्ष दाहाल


एबीसी न्यूज
२५ मंसिर २०८१, मंगलबार   ७ : १४   बजे

काठमाडौं २५ मंसिर ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्रीबाट हट्दै गर्दा आफूलाई केही मिडियाले खुबै लखेटेको आरोप लगाएका छन् । मंगलबार दिउँसो भरतपुर चौबिसकोठीमा भएको खबरदारीसभामा बोल्दै उनले भने, ‘प्रधानमन्त्री छोड्दै गर्दा मलाई खुब लखेटियो मिडियाहरुमा,’ उनले थपे, ‘सप्पै मिडियामा हैन है फेरि यहाँ मिडियाकर्मी रिसाउनु होला ।

ठूला भनिएका घरानावालाहरुले प्रचण्डको युग सकियो, प्रचण्डको अवसान भयो, अब प्रचण्ड फेरि कहिल्यै उभिन सक्दैन भनेर लेखे । तपाईंहरुले हेर्नु भएकै होला ।’

माओवादी सिद्धियो भनेर निकै भने पनि हालै सम्पन्न पालिकाहरुको उपचुनावको नतिजाले आफ्नो पार्टी पहिलो भएको उनले दाबी गरे । ‘हुन त दोस्रो भएको हो भन्ने भाष्य बनाइएको छ तर पहिलो भएको हो,’ उनले भने ।

चितवन–२ का सांसद तथा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का केन्द्रीय सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा पक्राउ परेपछि दाहाल दोस्रो पटक चितवन आएका हुन् । रवि समातिएको भोलिपल्टै कात्तिक ३ मा भरतपुर–१३ चम्पानगरमा आयोजित सभामा बोल्दा दाहालले रविबारे केही पनि बोलेका थिएनन् । मंगलबार उनले रविको पक्षमा लामै समय खर्चिए । यो बीचमा प्रहरीले रवि लामिछानेलाई बयानका लागि अघिल्लो मंगलबार भरतपुर ल्याएर दुई दिनको बयानपछि मध्यरातमा पोखरा फर्काएको थियो । मध्यरातमा लामिछानेलाई भरतपुरबाट पोखरा लगेको विषयमा अहिले सत्तारुढ दल कांग्रेसका नेता शेखर कोइरालादेखि प्रतिपक्षका विभिन्न नेताहरुले विरोध गरिरहेका छन् । दाहालले लामिछानेसँग सरकार तर्सेको टिप्पणी गरे ।

उनले सरकार र सरकारमा सामेल पार्टीका नेताहरुलाई रवि लामिछानेलाई हिरासतमा किन राख्नु पर्‍यो, हाजिरी जमानीमा छोडिदिए भइहाल्यो नि, जे जे जाँच गर्नु छ गरे हुन्छ नि भनेको पनि बताए । ‘त्यो रवि लामिछानेसँग यति धेरै तर्सनु पर्ने, भनेपछि कांग्रेस(एमाले कति कमजोर रहेछन्,’ दाहालले भने । सरकारले यी विषयमा अझै ज्यादती, अझै अत्याचार गरिराख्छ भने दलहरुले सदन र सडकबाट प्रतिवाद गर्ने उनले चेतावनी दिए ।

‘वैधानिक रुपले संसद्‌को विशेष अधिवेशन बोलाएर त्यहाँबाट नयाँ लडाइँ सुरु गर्ने छौं । हाम्रो खबरदारीबाट सरकारले चेतेन, भ्रष्टाचारीलाई बचाउने र निर्दोषलाई फसाउने काममा लागे सबै विपक्षी र सत्तापक्षको एउटा ठूलो पक्षसहित काठमाडौंमा लाखौं जनताको विरोध प्रदर्शन गर्ने छौं,’ दाहालले भने ।

उनले चीन सरकारसँग गत वर्ष नै आफूले गरेका सहमतिलाई फोटोकपी गरेर केपी ओलीले मैले गरेको हुँ भनेर प्रचार गरेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group